२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कक्षा १२ को परीक्षा स्थगित गर्न प्रस्ताव


बिर्तामोड, साउन १८ । कोरोना भाइरसको संक्रमण झनै बढ्न थालेपछि कक्षा १२ सहित सबै तहको परीक्षा स्थगनको प्रस्ताव अघि बढाइएको छ ।

कोरोना भाइरसको जोखिम झनै बढ्न थालेको भन्दै कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

परीक्षा स्थगन गरेर आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा शिक्षा मन्त्रालयसँग छलफल चलिरहेको छ । कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट भदौ ९ गतेसम्म हुने भनिएको थियो ।

यसअघि तालिका सार्वजनिक गर्दा विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने बताइएको थियो । यस वर्ष सय पूर्णांक रहने गरी नै परीक्षा भौतिक उपस्थितिमा गर्ने बोर्डले निर्णय गरेको थियो ।

गएको वर्ष बोर्डले ४० प्रतिशतका लागि परीक्षा लिएर बाँकी ४० प्रतिशत कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा लिएको थियो ।

यसैबीच, कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सोमबार अकस्मात परीक्षा स्थगित भएको चर्चा चले पनि त्यो सामाजिक सञ्जालमा चलाइएको हल्ला मात्रै भएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए ।

’साउन ३१ गतेबाट गर्ने गरी पूर्व निर्धारित तालिका र शैलीमा कुनै फेरबदल भएको छैन’, पौडेलले भने, ’परीक्षाका लागि आवश्यक तयारी जारी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer