२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मेची उद्योग वाणिज्य संघको संयोजनमा व्यवसायीलाई खोप


धुलाबारी, साउन २५ । मेची उद्योग वाणिज्य संघको संयोजनमा मेचीनगरका व्यवसायीलाई खोप लगाइएको छ ।

मेचीनगरमा व्यापार व्यवसाय गर्दै आएकामध्ये ६ सय व्यवसायीलाई आइतबार कोरोनाविरुद्धको अमेरिकन खोप जोन्सन एन्ड जोन्सन लगाइएको हो । संघले मेची नगरपालिकालाई खोप उपलब्ध गराउन माग गरेको थियो ।

झापाको ठुलो बजार बिर्तामोडमा भने हालसम्म व्यवसायीलाई खोपप लगाइएको छैन । नगरपालिकाको बेवास्ताका कारण व्यवसायीहरु खोपबाट बञ्चित हुनु परेको संघले जनाएको छ ।

पहिलो चरणमा नगरपालिकाबाट प्राप्त खोपमध्ये प्राथमिकताका आधारमा नाम छनोट गरेर व्यवसायीलाई खोप लगाइएको संघका अध्यक्ष ऋषि तिम्सिनाले बताए । धुलाबारीस्थित आम्दा अस्पतालमा अत्यन्त व्यवस्थित र पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै संघले व्यवसायीलाई खोप लगाइदिएको हो ।

संघले मेचीनगरभित्रका संघमा दर्ता भएका तथा दर्ता नभएकाहरुको लागि पनि खोपको व्यवस्थापन गरिदिन मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सरकारलगायतका सरोकारवाला निकायमा पहल गरिरहेको छ । अध्यक्ष तिम्सिनाले खोप लगाउन बाँकी रहेका व्यवसायीका लागि पनि पहल भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer