२०८२ बैशाख २८ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कर तिर्ने अवधि थप गर्न बिर्तामोड उद्योग वाणिज्य संघको माग


बिर्तामोड, साउन २८ । बिर्तामोड उद्योग वाणिज्य संघले तीन महिनायताको निषेधाज्ञाका कारण व्यापार व्यवसाय ठप्प रहेकाले अन्तःशुल्क बापतको कर तिर्ने अवधि थप माग गरेको छ ।

संघका अध्यक्ष प्रकाश शिवाकोटीले आन्तरिक राजस्व कार्यालय झापालाई लिखित रुपमा पत्र बुझाउँदै म्याद थप गर्न माग गरेका हुन् । संघका कोषाध्यक्ष दिपेन्द्र राउतका अनुसार संघले २०७८ साल असोज मसान्तसम्म कर बुझाउने म्याद थप गर्नका लागि आन्तरिक राजस्व कार्यालय चन्द्रगढीसँग माग गरेको हो ।

‘बैंक ब्याज, घरभाडा तथा राजस्व बुझाउन कठिन भएको अवस्थामा समेत उद्योगी व्यवसायीहरुले राज्यलाई कर तिर्ने कुरामा कुनै द्विविधा छैन’, पत्रमा भनिएको छ, ‘मासिक रुपमा बुझाउनु पर्ने मास्केबारी तथा अन्तशुल्क बापतको कर बुझाउन लकडाउनका कारण कठिनाइ भएकाले म्याद थप गर्ने व्यवस्था मिलाई आवश्यक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ ।’

यसैबीच, संघले जिल्ला प्रशासन कार्यालय झापालाई जारी निषेधाज्ञाको पूर्ण पालना गराउन आग्रह गरेको छ । त्यसो नगरिए सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन अनुरोध पनि गरेको छ ।

‘सीमित प्रकृतिका व्यवसायलाई मात्र कडाई गरी दण्ड जरिवाना गर्ने र निर्वाध रुपमा सञ्चालन भइरहेका सावारी साधनलाई कडाई नगरिने हो भने लकडाउनको कुनै अर्थ रहन्न’, प्रशासनलाई बुझाइएको पत्रमा भनिएको छ, पूर्ण लकडाउन नगरिने हो भने हामीले पनि उद्योग व्यवसाय खोल्न पाउनुपर्छ ।’

Adv footer