२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

ब्याज संकलनमा लचक हुन उद्योग वाणिज्य संघद्वारा बैंकसँग आग्रह


बिर्तामोड, साउन २८ । बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड क्षेत्रका बैंकहरुलाई लकडाउनका बेला बन्द भएका व्यवसायीसँग ब्याज संकलनमा लचकता अपनाउन आग्रह गरेको छ ।

बिहीबार संघको बैठककक्षमा संघका पदाधिकारी र बैंकर्स क्लब बिर्तामोडका प्रतिनिधिबीच भएको छलफलमा यस्तो आग्रह गरिएको हो । छलफलमा संघका अध्यक्ष प्रकाश शिवाकोटीले बन्दाबन्दीका कारण मारमा परेका उद्योगी तथा व्यवसायीको समस्या बुझिदिन अनुरोध गरे ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, कोषाध्यक्ष दिपेन्द्र राउत र सदस्य जीवनकुमार खड्काले निषेधाज्ञा अवधिमा व्यापार–व्यवसाय ठप्प भएका व्यवसायीलाई ब्याज तिर्नका लागि ताकेता नगरिदिन आग्रह गरेका थिए ।

छलफलमा क्लबका तर्फबाट सिद्धार्थ बैंकका प्रदेश प्रमुख सुवास श्रेष्ठले हाल कारोबार भएका तथा सञ्चालनमा रहेका उद्योगी तथा व्यवसायीलाई मात्र ब्याजका लागि दबाब दिइएको बताए । व्यापार बन्द भएका व्यवसायीलाई ताकेता नगएिको पनि उनले प्रस्ट पारे ।

छलफलमा मुक्तिनाथ विकास बैंकका हरि ओझा, एनआइसी एसिया बैंकका दशरथ पराजुली, गुडविल फाइनान्सका सुमन पौडेल र सानिमा बैंकका अम्बिका खतिवडाले व्यापार र कारोबारै नभएका व्यवसायीलाई ब्याजका लागि दबाब नदिइएको जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer