२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एसएनजेडीद्वारा तीन गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान


झापा गाउँपालिकालाई सामग्री हस्तान्तरण गरिँदै ।

बिर्तामोड, साउन २९ । न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) ले अग्रपंक्तिमा कार्यरत नागरिकका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सञ्जालले कोभिड १९ एमर्जेन्सी रेस्पोन्स फर नेपाल परियोजना अन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको कार्यक्रम अधिकृत रञ्जन धमलाले जानकारी दिए ।

अस्ट्रेलिया सरकारको विदेश मामिला र व्यापार विभाग र लुथरन वल्र्ड फेडेरेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कोरोना भाइरस संक्रमणको रोकथामका लागि सञ्जालले काम गर्दै आएको छ ।

अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षा निकाय, समुदायमा आधारित संस्था, सहकारी, महिला अधिकारकर्मीलगायत र नेपाल सरकारले सञ्चालन गरेको नेपाल मास्क अभियानलाइ सहयोग पुर्याउने उद्देश्यका साथ स्वास्थ्य सामग्री वितरण गरिएको धमलाले बताए ।

उनका अनुसार सञ्जालले १८ हजार सर्जिकल मास्क, ५०० मिलिलिटरको १५० बोटल सेनिटाइजर, ६०० जोडी सर्जिकल ग्लोब्स र १०५ थान पिपिइ सेट प्रदान गरिएको हो । ती सामग्री झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र कचनकवल गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।

सञ्जालले यसअघि पनि विभिन्न पालिका र मेची अस्पताललाई कोभिड संक्रमण रोकथामका लागि आठ लाख मूल्यबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer