२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

घर बहाल र कर छुट गर्न बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह


बिर्तामोड, साउन ३२ । बिर्तामोड उद्योग वाणिज्य संघले १०० दिनभन्दा बढी समययता बन्द हुँदै आएका पसल तथा सटरको बहाल छुट गर्न माग गरेको छ ।

तीन महिनाभन्दा बढीको निषेधाज्ञाका कारण व्यापार व्यवसाय ठप्प रहेकाले घर बहाल तथा व्यावसायिक कर छुट गरिदिन संघले बिर्तामोड नगरपालिकालाई आग्रह गर्दै ज्ञापनपत्र बुझाएको अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए ।

‘अहिलेको अवस्थामा बैंक ब्याज, घरभाडा तथा राजस्व बुझाउन कठिन भएको छ । यस्तो विषम परिस्थितिमा बिर्तामोड नगरपालिकाले व्यवसाय गरेबापतको व्यावसायिक कर र घरभाडा लगाएबापत लिने गरेको बहाल कर छुटका लागि आवश्यक पहल गरिदिनु हुन अनुरोध छ’, ज्ञापनपत्रमा भनिएको छ ।

यसैबीच, संघल बिर्तामोड नगरपालिकाको स्वामित्वमा रहेका भवनबाट उठाइँदै आएको भाडामा पनि छुट गरिदिन आग्रह गरेको छ ।

‘बिर्तामोड नगरपालिकाले भाडा लगाएका कोठाहरुका भाडा तिर्न कठिन रहेको व्यवसायीहरुबाट गुनासो आइरहेका हुनाले बिर्तामोड नगरपालिकाले भाडामा लगाएका कोठाहरुको लकडाउन अवधिको कोठा भाडा नलिई व्यवसायीहरुलाई राहत सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ’, अध्यक्ष शिवाकोटीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ ।

संघका पदाधिकारी तथा सदस्यहरुको एक टोलीले सोमबार नगर उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई ज्ञापनपत्र बुझाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer