२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

एनसिडिए झापाद्वारा थोक व्यवसायबारे छलफल


बिर्तामोड, भदौ ५ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले थोक औषधि व्यवसायीहरुबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार बिर्तामोडको इन्द्रेणी ब्यांक्वेटमा आयोजित कार्यक्रममा झापामा रहेका थोक औषधि व्यवसायीहरुलाई अझ व्यवस्थित बनाउनेबारे छलफल भएको थियो । कार्यक्रममा जिल्लाका ३५ थोक विक्रेताको सहभागिता रहेको थियो ।

एनसिडिए झापा अध्यक्ष गौतम गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन उपाध्यक्ष प्रदिप खरेलले गरेका थिए । महासचिव जीवनकुमार खड्काले सहजीकरण गरेको कार्यक्रममा सहभागीहरु आआफ्नो धारणा राखेको थिए ।

कोषाध्यक्ष विवेक बजगाईंका अनुसार छलफलमा १ नम्बर प्रदेशका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बराल, थोक उपाध्यक्ष श्याम कोइराला, महासचिव नरेन्द्र बस्नेत, सदस्यहरु खेम बस्नेत र रुपक काफ्ले ले आआफ्नो भनाइ राखेका थिए ।

त्यस्तै, साविक एनसिडिए मेचीका पूर्वअध्यक्ष विश्वनाथ दाहाल, झापा कार्यसमिति सदस्य युवराज भट्टराई, लक्ष्मी पौडेल, विप्लव लिम्बूलगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer