२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

छिरिङ एएसबिसीको सेमिफाइनलमा


बिर्तामोड, भदौ ७ । नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पा युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै एएसबिसीको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

युएईमा भइरहेको (एएसबिसी) एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन् ।

जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वार्टर फाइनलमा ५–० अंकले हराउँदै सेमिफाइनल प्रवेश गरेका युएईमा नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवम् प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिएका हुन् । उनले आज सेमिफाइनल खेल्नेछन् ।

त्यस्तै, जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवाले पनि पदक पक्का गरेकी छिन । उनी सम्मलित स्पर्धामा कुल चार खेलाडी मात्र सहभागी छन् । प्रतियोगितामा नेपालबाट शेर्पा र तिरुवासँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरी तथा महिला ५७ किलोमा नारिका राई सहभागी भएका छन् ।

गएको महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । टोलीमा ओलम्पियन एवम् प्रशिक्षक दिपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन् ।

टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ संघका सदस्य तर्कराज राईले गरेका छन् । प्रतियोगिता आउँदो असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer