२०८१ मंसिर १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बस्नेत र डालमिया नेपाल-भारत उद्योग वाणिज्य महासंघको सदस्य चयन


बिर्तामोड, भदौ १४ । झापाका दुईजना युवा व्यवसायी तथा उद्योगी नेपाल भारत उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा चयन भएका छन् ।

बिर्तामोडका व्यवसायी विनोद बस्नेत र मेचीनगरका व्यवसायी विजय डालमिया सदस्य चयन भएका हुन् । बस्नेत मनोनित भएका हुन् भने डालमिया निर्विरोध निर्वाचित भएका हुन् ।

संघको विराटनगरमा भएको तेस्रो वार्षिक साधारणसभाले अध्यक्षमा अविनाश बोहोरासहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । अध्यक्षमा निर्वाचित बोहोरा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत हुन् ।

संघको प्रथम उपाध्यक्षमा मुकेश उपाध्याय ‘भट्टराई’, द्वितीय उपाध्यक्षमा श्याम पौडेल, महासचिवमा रमेशकुमार राठी र कोषाध्यक्षमा विकास चौधरी चयन भएका छन् । सदस्यहरुमा बेनीगोपाल मुन्दडा, यादव पोखरेल, गायत्री भण्डारी, सन्तोषकुमार चौधरी, श्रवणकुमार अग्रवाल चयन भएका छन् । साधारणसभाबाट सोम अधिकारी, महेश पौडेल र रविन दाहाल सदस्यमा मनोनित भएका छन् ।

अध्यक्षमा निर्वाचित बोहराले भारतस“गको बढ्दो व्यापार घाटा न्यूनिकरणका लागि पहल गर्ने बताए । उनले नेपाली उत्पादनको निर्यात विस्तारै बढ्न थाले पनि त्यसलाई प्रतिष्पर्धी रूपमा अघि बढाउन बाणिज्य तथा व्यापार क्षेत्रको समस्या पहिचान गर्ने र दुई पक्षीय रूपमा भन्सार सहजीकरण गरिने प्रतिबद्धता जनाए ।

लामो समयदेखि झापाको बिर्तामोडलाई कार्यक्षेत्र बनाएर उद्योग–व्यवसाय एवम् सामाजिक क्षेत्रमा सक्रिय बस्नेत बिर्तामोडमा रहेको सयपत्री ट्रेडलिंकका सञ्चालकका साथै औद्योगिक–व्यावसायिक संगठनमा आबद्ध छन् भने दर्जनौँ सामाजिक संघ–संस्थामा उत्तिकै सक्रिय छन् ।

मेची पेट्रोलियम डिलर्स एसोसिएसनको महासचिव, झापा उद्योग संघको कार्यकारिणी सदस्यसमेत रहेका बस्नेत झापा गोल्डकपको अध्यक्ष तथा एकका लागि एक अभियानको सहसंयोजक पनि छन् । उनी नेपाल जेसीजको पूर्व कार्यकारिणी उपाध्यक्ष तथा वीरता जेसीज सन् २००४ को अध्यक्ष पनि हुन् ।

यसअघि पनि संघको सदस्य रहेका डालमिया मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा मेची अभियानका संयोजक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer