२०८२ बैशाख २८ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

‘हिमालयन रोडिज’ को बिर्तामोड अडिसन भदौ २० मा


बिर्तामोड, भदौ १८ । चर्चित टिभी रियालिटी शो ‘हिमालयन रोडिज’ को चौथो सिजनका प्रि–अडिसनहरू हुने मिति र स्थानको घोषणा भएको छ ।

युवाहरूमा लोकप्रिय मोटरसाइकल ब्रान्ड यामाहा युवा सशक्तीकरणका लागि रोडिजसँग दोस्रो सिजनदेखि नै आबद्ध छ । पछिल्ला तीन सिजनदेखि निरन्तर रोडिजसँग जोडिएको यामाहाले हिम्मत अभिबृद्धि गर्नका लागि सहरी क्षेत्रबाट मात्र नभई ग्रामीण क्षेत्रका प्रतिभाहरू ल्याउने लक्ष्यले प्रि–अडिसन शुरू गरेको जनाएको छ ।

रेमन्डदास श्रेष्ठको सञ्चालन रहने चौथो सिजनको थिम ‘सिजन अफ सर्भाइभल’ रहेको छ । ग्याङ लिडर फर्म्याटमा १८ भाग रहने शोमा अनुपविक्रम शाही (टिम रेड), लाउरे (टिम ग्रीन), समन (टिम ब्लु) र दिया मास्के (टिम येल्लो ) ग्याङ लिडरका रूपमा रहने छन् ।

भीयाकम–१८ को नेपाली फ्रेन्चाइज शोका रूपमा हिमालयन टिभीमा प्रसारण भइरहेको हिमालयन रोडिजको तेस्रो सिजन सुजन सुवेदीले जितेका थिए । जसको प्रि–अडिसनमा दुई हजारभन्दा बढी युवाहरू सहभागी थिए ।

युवाहरूमा लोकप्रिय रियालिटी शोको चौथो सिजनको प्रि–अडिसन भदौ १९ गते बाग्लुङ, हेटौडा, धरान, दाङ, भदौ २० गते स्याङ्जा, बर्दिवास, बिर्तामोड, सुर्खेत, भदौ २१ गते दमौली, धनगढी, भदौ १८ गते नारायणघाट, भैरहवा, बुटवल, विराटनगर, इटहरीमा हुनेछ ।

चौथो सिजनको प्रि–अडिसनहरु यामाहा शोरूमहरूमा हुनेछन् । बिर्तामोडको प्रि–अडिसन यामाहाको आधिकारिक विक्रेता सयपत्री ट्रेडलिंक भद्रपुररोडमा हुनेछ ।

Adv footer