२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

वीरता जेसीजले मिस झापा आयोजना गर्ने


बिर्तामोड, भदौ १८ । झापाको बिर्तामोडमा रहेको वीरता जेसीजले यो वर्ष मिस झापाको आयोजना गर्ने भएको छ । जेसीजको बोर्ड बैठकले सन् २०२१ मा मिस झापा गर्ने निर्णय गरेको हो ।

नारीहरुमा अन्तरनिहित प्रतिभा उजागर गर्ने, आत्मविश्वास र सक्षम बनाउने उद्देश्यसाथ यो वर्ष पनि मिस झापा गर्न जेसीजले तयारी सुरु गरेको अध्यक्ष राजीव धिमालले बताए ।

प्रतियोगितामा कक्षा १२ अध्ययनरत र सोभन्दा माथिका महिलाको सहभागिता गराइनेछ । १८ वर्षदेखि २५ वर्ष उमेर समूहका झापाका महिलाहरुले प्रतियोगितामा भाग लिन पाउने वीरता जेसीजका महासचिव एलसी श्रेष्ठले जानकाी दिए ।

जेसीजका अध्यक्ष धिमालको अध्यक्षतामा बसेको बैठकले मिस झापासँगै विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । सन् २०१४ देखि सुरु गरेको मिस झापाको संयोजन बिर्ता मिडिया प्रालिले गर्दै आएको छ । यसपटकको विजेताले स्कुटर पाउनुका साथै मिस नेपालमा सहभागी हुने अवसर प्राप्त गर्नेछ ।

बैठकमा निवर्तमान अध्यक्ष मिजास पोखरेलले पूर्वअध्यक्षहरुसँग छलफल गरी सन् २०२५ भित्र वीरता जेसीजले राष्ट्रिय महाधिवेशनको आयोजना गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकले यसअघि वितरण गर्न बाँकी जेसी अफ द मन्थको अवार्ड समेत प्रदान गरिएको थियो । जसअनुसार मार्च महिनाका लागि जनसम्पर्क अधिकारी अनन्तलाल महतो, अप्रिलका लागि सदस्य मिक्की कार्की, मे महिनाका लागि खेलकुद संयोजक दिपेन धिमाल, जुन महिनाका लागि वातावरण संयोजक प्रज्ज्वल बिमली, जुलाई महिनाका लागि अन्तर शाखा संयोजक जीवनकुमार खड्का र अगस्ट महिनाका लागि कार्यकारिणी उपाध्यक्ष विकास बस्नेतलाई जेसी अफ द मन्थको अवार्ड प्रदान गरिएको थियो ।

Adv footer