२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

एएसबिसी जुनियर बक्सिङकी कास्य विजेता नरिकालाई झापामा सम्मान


बिर्तामोड, भदौ १८ । तीन दिनअघि युएईको दुबईमा सम्पन्न एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जित्न सफल झापाकी नरिका राईलाई भद्रपुरमा स्वागत–सम्मान गरिएको छ ।

भद्रपुर–९ घर भएकी १७ वर्षीय नरिकाले ५७ केजी तौल समूहमा कास्य पदक जित्न सफल भएकी हुन् । झापा जिल्ला बक्सिङ संघका पदाधिकारी तथा खेलाडीहरूले कास्य पदक विजेता नरिकालाई भव्य स्वागत गर्दै सम्मान गरेका हुन् ।

प्रमुख प्रशिक्षक दिपक महर्जन, बक्सिङ प्रशिक्षक डम्बरबहादुर लिम्बू र टिम व्यवस्थापक तर्कराज राईसँगै नरिका काठमाडौँबाट झापासम्म आएकी थिइन् । झापा जिल्ला खेलकुद विकास समितिको सभाहलमा राईलाई सम्मान गरिएको थियो ।

राईलाई भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, संघका झापा अध्यक्ष सञ्जीव घोषसहितको खेल सम्बद्ध टोलीले विशेष स्वागत तथा सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer