२०८२ असार २३ सोमबार
Jhapa Today
Adv top

स्थानीय सरकारका मुद्दाहरुको पहिचानबारे पत्रकारिता तालिम सुरु


बिर्तामोड, भदौ १९ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा दुई दिने अनुसन्धानात्मक पत्रकारिता तालिम झापाको बिर्तामोडमा सुरु भएको छ ।

स्थानीय सरकारका मुद्दाहरुको पहिचान र रिपोर्टिङसम्बन्धी दुई दिने तालिमको एक कार्यक्रमका बीच प्रमुख अतिथि महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, अतिथिहरु दमकका नगरप्रमुख रोमनाथ ओली, बिर्तामोडमा नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, प्रमुख प्रशिक्षक अग्रज पत्रकार हरिबहादुर थापालगायतले उद्घाटन गरे ।

सेयर कास्ट इनिसिएटिभ नेपालको मुख्य सहयोग रहेको तालिममा दमक नगरपालिका र नेसनल एन्डोमेन्ट फर डेमोक्रेसी (एनइडी) ले साथ दिएका छन् । तालिममा झापाका ३० जना पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको छ ।

महासंघ झापा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा प्रशिक्षक थापाले तालिमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा अतिथिहरु ओली, शिवाकोटीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

महासंघ सचिव डिकेश लामाले सहजीकरण गरेको तालिममा उपाध्यक्ष केशव भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।

Adv footer