२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

रुबिनालाई केआई स्पोर्ट्सको प्रायोजन


बिर्तामोड, भदौ १९ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेलाई भारतीय उत्पादन कम्पनी खेले भारत (केआई) स्पोर्ट्सले एक वर्षको लागि प्रायोजन गरेको छ ।

सम्झौता अनुसार रुबिनालाई एक वर्ष आवश्यक पर्ने सम्पूर्ण क्रिकेट सामग्री उक्त कम्पनीले उपलब्ध गराउनेछ । रुबिनाले प्रायोजनमार्फत उक्त कम्पनीको प्रचार प्रसारमा सहयोग पुर्याउने छिन् । रुबिनालाई नेपाली स्पोर्ट्स व्यवस्थापन कम्पनी लेविन स्पोर्ट्सले प्रायोजनको व्यवस्था मिलाइदिएको हो ।

रुबिनाले सन् २०१२ देखि नेपाली महिला क्रिकेट टोलीको नेतृत्व गर्दै आएकी छिन् । नेपाली महिला क्रिकेटकी सर्वाधिक सफल खेलाडी मानिने रुबिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै प्रतियोगितामा सानदार प्रदर्शन गर्दै आएकी छिन् ।

गत पुसमा दाङको लमहीमा भएको प्रधानमन्त्री कप महिला टि२० प्रतियोगितामा विभागीय टोली एपिएफलाई पराजित गर्दै प्रदेश–१ लाई उपाधि जिताउन उनको योगदान महत्वपूर्ण थियो ।

झापा मेचीनगरकी उनी चैतमा काठमाडौँमा भएको ललितपुर मेयर महिला च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् । नेपाली महिला टोलीले अब नोभेम्बरमा मलेसियामा हुने टि२० एसिया कप छनोटको लागि तयारी गर्दैछ ।

-हाम्रो खेलकुदबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer