२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

प्रिमियर लिगमा आज ८ खेल, रोनाल्डोले डेब्यु गर्न सक्ने


बिर्तामोड, भदौ २६ । झन्डै दुई साताको अन्तर्राष्ट्रिय ब्रेकपछि युरोपको शीर्ष क्लब फुटबल आज (शनिबार) देखि पुन सुरु हुँदैछ । इंग्लिस प्रिमियर लिगमा आज राति लिगको चौथो राउन्डको विभिन्न ८ खेल प्रतिस्पर्धा हुनेछ ।

शीर्षस्थानमा रहेको टोटेनहम हटस्परले क्रिस्टल प्यालेससँग साँझ ५ः१५ बजे प्रतिस्पर्धा गर्दैछ । टोटेनहम लगातार चौथो जितको खोजीमा रहँदा क्रिस्टल प्यालेस पहिलो जितको लक्ष्यमा मैदान उत्रनेछ । टोटेनहमले यसअघि लिग च्याम्पियन म्यानचेस्टर सिटी, वल्भ्स र वाटफर्डलाई समान १–० ले पराजित गरेको थियो । क्रिस्टल प्यालेसले चेल्सीसँग ३–० को हार बेहोर्दा ब्रेन्टफर्ड र वेस्ट ह्यामसँग बराबरी खेलेको थियो ।

खराब लयमा रहेको आर्सनलले घरेलु मैदानमा नर्विच सिटीको आतिथ्यता गर्दैछ । आर्सनल पहिलो जित निकाल्दै आफ्नो पुरानो लयमा फर्कने योजनामा हुनेछ । नर्विच पनि पहिलो जितको खोजीमा रहनेछ । आर्सनलले सुरुवाती तीन खेलमा ब्रेन्टफर्ड र चेल्सीसँग समान २–० को हार बेहोर्दा म्यानचेस्टर सिटीसँग ५–० को फराकिलो हार बेहोरेको थियो ।

अपराजित ब्रेन्टफर्डले ब्राइटनसँग खेल्दा लेस्टर सिटीले घरेलु मैदानमा साविकको विजेता म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ । म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा न्युक्यासल युनाइटेडको सामना गर्दैछ । यसै खेलमार्फत पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा दोस्रो डेब्यु खेल खेल्ने पक्का छ ।

साउथह्याम्टन र वेस्टह्याम तथा वाटफर्ड र वल्भ्सबीचको खेल पनि आज राति नै हुदैछ । गत सिजनको च्याम्पियन्स लिग च्याम्पियन चेल्सीले एस्टन भिल्लासँग राति १०ः१५ बजे प्रतिस्पर्धा गर्दैछ ।

न्युकासलविरुद्ध मैदान उत्रदा क्रिस्टियानो रोनाल्डोले डेब्यु गर्ने सम्भावना रहेको छ । १२ वर्षपछि युनाईटेड फर्किएका रोनाल्डो न्युकासलविरुद्ध खेल्ने टिममा रहेका छन् ।

खेल समय
क्रिस्टल प्यालेसविरुद्ध टोटेनहम (साँझ ५ः१५ बजे)
आर्सनलविरुद्ध नर्विच (राति ७ः४५ बजे)
ब्रेन्टफर्डविरुद्ध ब्राइटन (राति ७ः४५ बजे)
लेस्टरविरुद्ध म्यानचेस्टर सिटी (राति ७ः४५ बजे)
म्यानचेस्टर युनाइटेडविरुद्ध न्युक्यासल (राति ७ः४५ बजे)
साउथह्याम्टनविरुद्ध वेस्ट ह्याम (राति ७ः४५ बजे)
वाटफर्डविरुद्ध वल्भ्स (राति ७ः४५ बजे)
चेल्सीविरुद्ध एस्टन भिल्ला (राति १०ः१५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer