२०८१ असोज १३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

वीरता जेसिजद्वारा दुई पूर्वचालकलाई सम्मान


बिर्तामोड, असोज २ । वीरता जेसिजले सार्वजनिक बसका दुईजना पूर्वचालकलाई नगदसहित सम्मान गरेको छ ।

आज बिहान बिर्तामोड बसपार्कमा वीरता जेसिजद्वारा आयोजित दुर्घटना न्यूनीकरण महाअभियान कार्यक्रमको अवसर पारेर पूर्वचालक धर्म बस्नेत र बृहस्पति घिमिरे शर्मालाई सम्मान गरिएको हो । उनीहरुलाई नगद तीन हजार रुपैयाँ समेत प्रदान गरिएको थियो ।

जेसिजले छ वर्ष अघि सुरु गरेको महाअभियानले सवारी चालकलाई सचेतना कार्यक्रम गर्ने, सवारी चलाउँदा अपनाउनु पर्ने सावधानीका बारेमा अनुशिक्षण गर्दै आएको छ । यो वर्ष दिवाकरलाल चौघरीको संयोजकत्वमा अभियान कार्यक्रम गरिएको हो ।

वीरता जेसिज वर्ष २०२१ का अध्यक्ष राजीव धिमालको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोष आचार्य, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश भट्टराई, बिर्तामोड ६ का वडा सदस्य एन्विन्द्र खत्रीलगायतले कार्यक्रमको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

महासचिव एलसी श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा अमरजीत शाहले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा झापाका प्रहरी प्रमुख निशेष चापागाईं, नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य यादव ओलीलगायत यातायात मजदुर र ट्राफिक प्रहरीहरुको उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रमपछि जेसिजले बिर्तामोड बसपार्कमा रहेको सवारी साधनहरुमा ट्राफिक जनचेतना तथा दुर्घटना सचेतना सम्बन्धी नारा र सन्देश लेखिएका स्टिकर टाँसिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer