२०८१ असोज १३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सशस्त्र प्रहरीद्वारा झापाका सात स्थानमा सरसफाइ


बिर्तामोड, असोज २ । संविधान दिवस तथा विश्व सरसफाइ दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल नेपालले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापा तथा मातहत सुरक्षा बेस र बिओपीहरुमा सरसफाइ कार्यक्रम गरिएको एसपी रमेशकुमार पाण्डेले जानकारी दिए ।

सशस्त्र प्रहरीले भद्रपुर–९ स्थित दुर्गा मन्दिर, भद्रपुर–८ स्थित अस्पताल चोक, कचनकवल–१ मा रहेको दुर्गा मन्दिर, दमक–२ स्थित बेलडाँगी विश्वेश्वर शिवालय मन्दिर, गौरादह–९ खजुरबारीमा रहेको शिवालय मन्दिर, अर्जुनधारा–७ को अर्जुनधारा मन्दिर र झापा–१ को सितुमारी किरातेश्वर मन्दिरमा सरसफाइ गरिएको सूचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रसाईंले बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ, सम्बन्धित व्यवस्थापन समितिहरुसँगको सहकार्यमा सरसफाइ कार्यक्रम तथा स्थानीयलाई मास्क वितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer