बिर्तामोड, असोज २ । बिर्तामोडमा सञ्चालनमा रहेको स्याटरडे स्कुलले आफ्नो पाँचौँ वार्षिक उत्सव मनाएको छ ।
शनिबार विद्यालयमा विद्यार्थीहरुलाई बृक्षारोपण र बगैँचा व्यवस्थापनको कक्षा दिँदै वार्षिक उत्सव मनाइको प्रिन्सिपल सरोज खरेलले जानकारी दिए । मेचीनगर–९ स्थित डिएन्डडी बायो प्लानटेकका सञ्चालक डिल्ली उप्रेतीले कक्षाको सहजीकरण गरका थिए ।
कार्यक्रममा नानीबाबुहरुलाई वातावरण संरक्षणसँगै बृक्षारोपणको महत्वबारे जानकारी गराइएको थियो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिनुका साथै बिरुवा वितरण समेत गरिएको थियो ।
बालबालिकाहरुमा अतिरिक्त ज्ञान तथा सीपको आवश्यकतालाई बुझेर बिर्तामोडमा पाँच वर्षअघि विद्यालय सञ्चालनमा आएको हो । विद्यालयले नृत्य, गायन, संगीत, हस्तकला, उद्घोषण लगायतका विषयमा विद्यार्थीहरुलाई कक्षा दिँदै आएको छ ।
विद्यालयबाट हालसम्म चार सय विद्यार्थीले शिक्षा लिइसकेको र चाँडै बालबालिकालाई मोबाइल रिपेयरिङ, ब्युटिसियन, इलेक्ट्रिसियन जस्ता व्यावहारिक विषयमा कक्षा दिइने संस्थापक प्रणित पुडासैनीले जानकारी दिए ।
शनिबारको बालबालिकहरुको फुर्सदिलो समयलाई सदुपयोग गर्दै उनीहरुलाई अतिरिक्त विषय तथा व्यावहारिक सीपमा दक्ष बनाउन विद्यालय सञ्चालनमा आएको हो ।