२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

धनगढीमा क्यान्सर अस्पतालको तयारीमा प्रसाईं


बिर्तामोड, असोज ७ । झापाको बिर्तामोडमा अत्याधुनिक तथा सुविधासम्पन्न क्यान्सर अस्पताल स्थापना गरेर सञ्चालन गरेका व्यवसायी दुर्गाप्रसाद प्रसाईंले पश्चिम नेपालमा पनि क्यान्सर अस्पतालको तयारी गरेका छन् ।

सुदूर पश्चिमको धनगढीमा पत्रकार सम्मेलन गरेर प्रसाईंले क्यान्सर अस्पताल सञ्चालनबारे बताएका हुन् । ‘धनगढीमा अस्पताल सञ्चालन गर्नुपर्छ भन्ने यहाँका मेरा साथीहरुको प्रस्ताव आएपछि अस्पतालको सम्भाव्यता अध्ययन पनि गरिएको छ’, पत्रकारसँग कुरा गर्दै प्रसाईंले भने ।

झापामा सुविधासम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आएपछि काठमाडौँ र सुदूर पश्चिममा पनि सुविधासम्पन्न र अत्याधुनिक क्यान्सर अस्पताल सञ्चालन गर्ने आफ्नो योजना रहेको उनले बताए ।

झापामा सञ्चालनमा रहेको बिएन्डसी अस्पताल दक्षिण पूर्वी एसियाकै अत्याधुनिक सुविधासम्पन्न अस्पताल भएकोले यो क्षेत्रका बिरामीको उपचारका लागि पनि आफ्नो अस्पताल भरपर्दो गन्तव्य हुने उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा प्रसाईंले सुदूर पश्चिमका बिरामीहरूको उपचार खर्चमा बिएन्डसी अस्पतालमा २० प्रतिशत छुट दिने जानकारी दिए । अस्पतालसँगै होटल क्षेत्रमा पनि आफ्नो लगानी र अनुभव भएकोले अस्पताल सञ्चालनका लागि सकारात्मक सहयोग र सद्भाव प्राप्त भए अन्य क्षेत्रमा पनि लगानी गर्न आफू तयार रहेको उनको भनाइ थियो ।

अहिले अस्पताल निर्माण र सञ्चालनका लागि उपयुक्त ठाउँमा जग्गाको खोजी भइरहेको उनले बताए । काम गर्ने र लगानी गर्ने वातावरण निर्माण भए ठुलो संख्यामा विदेसिने युवालाई रोक्न सकिने भए पनि लगानीमैत्री वातावरण बन्न नसक्दा युवा पलायन भइरहेको प्रसाईंले बताए । सुदूरपश्चिममा अस्पताल निर्माण र सञ्चालनका लागि सकारात्मक वातावरण निर्माण गर्न प्रसाईंले सबैमा अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer