
बिर्तामोड, असोज ८ । झापाको बिर्तामोडमा रहेको वीरता जेसिजलाई नेपाल जेसिजले एकसाथ दुईवटा अवार्ड प्रदान गरेको छ ।


वीरता जेसिजलाई मोस्ड आउटस्टान्डिङ लोम प्रोजेक्ट अवार्ड र कोभिड १९ इनिसिएटिभ अवार्ड एरिया ए प्रदान गरिएको हो ।


वीरता जेसिजले समाजमा पुर्याएको योगदानको मूल्यांकन गर्दै नेपाल जेसिजले ती अवार्ड प्रदान गरेको अध्यक्ष राजीव धिमालले जानकाी दिए । जेसिजको हालै इनरुवामा सम्पन्न क्षेत्र ए सम्मेलनमा सो अवार्ड अध्यक्ष धिमाललाई प्रदान गरिएको हो ।


अध्यक्ष धिमालको नेतृत्वमा वीरता जेसिजले एकजना श्रमिकलाई ३० लाख मूल्यबराबारको जग्गा प्रदान गर्नुका साथै लक डाउनको बेला अक्सिजन सिलिन्डर खरिद गर्न ७५ हजार रुपैयाँ सहयोग गरेको थियो ।
त्यस्तै, ९५ विपन्न परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराएको थियो भने दुईजना पूर्वचालकलाई नगदसहित सम्मान गरेको थियो ।

