२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसीमा बिना चिरफार टाउकोको जटिल उपचार


बिर्तामोड, असोज २० । अत्याधुनिक उपकरणले सुविधा सम्पन्न बिर्तामोडको बिएन्डसी अस्पतालमा बिना चिरफार टाउकोको शल्यक्रिया सुरु भएको छ ।

अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर प्रदेश १ मै पहिलोपटक बिएन्डसीले सो सेवा सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए ।

बिर्तामोड–३ निवासी ६० वर्षीया लीलादेवी थपलियाको टाउकोको नशा सम्बन्धी जटिल समस्या बिना चिरफार उपचार गरेको अस्पतालले जनाएको छ ।

अस्पतालकी विभाग प्रमुख डा. करुणा ताम्राकार कार्कीले अब बिना चिरफार बिएन्डसीमा टाउकोको जटिल समस्याहरु समाधान गर्न सकिने बताइन् । डा. ताम्राकार र डा. दिनेश थापाको टिमले सोही विधिबाट १२ वटा सफल उपचार गरिसकेको जानकारी दिइएको छ ।

डा. ताम्राकारले हरेक ५० जना मध्ये १ जनालाई टाउकोको नशासम्बन्धी समस्या देखिन थालेको बताइन् ।

‘टाउको भित्रको समस्या देखिँदैन, उनले भनिन्, ‘समस्या जटिल भएपछि मात्रै विरामीहरु आउने गरेका छन् । असाध्यै टाउको दुख्यो भने पनि नशाको समस्या हुन सक्छ ।’ नशा सुकेर हुने स्ट्रोक बिना अप्रेसन गर्न सकिने डा. ताम्राकारले बताइन् ।

पूर्वमै पहिलोपटक टाउकाको बिना चिरफार शल्यक्रिया सुरु गरेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । उनले एक वर्षदेखि उक्त उपकरण अस्पतालमा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer