२०८२ बैशाख ११ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बर्सेनि बढ्दै सडक दुर्घटना


बिर्तामोड, असोज २३ । चाडपर्व सुरु भएसँगै सवारी दुर्घटनाहरू बढ्ने गरेको देखिएको छ । त्यसैले प्रहरीले चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीको संक्रियतासमेत बढाउने गरेको छ । मादक पदार्थ सेवन, लापरबाहीको र यान्त्रिक गडबडीको कारण दुर्घटना हुने गरेका छन् । यस्ता दुर्घटनामा सयौँ मानिसले अकालमै जीवन गुमाउनु परेको छ ।

पछिल्ला केही वर्ष देशभित्र हुने सडक दुर्घटना बढेर गएको छ । गत आर्थिक वर्षमा मात्र ३२ प्रतिशतभन्दा बढीले सडक दुर्घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७७÷७८ देशभर २० हजार ६ सय ३४ वटा सडक दुर्घटना भएका थिए । त्यसअघिको आर्थिक वर्ष २०७६÷७७ मा १५ हजार ५ सय ५४ वटामात्र सडक दुर्घटना भएको देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा सडक दुर्घटनाको संख्या १३ हजार ३ सय ६६ रहेको छ ।

सडक दुर्घटना बढेसँगै दुर्घटनामा परेर मर्ने मानिसहरूको संख्या पनि बढेर गएको देखिएको छ । आर्थिक वर्ष २०७७÷७८ मा ११ प्रतिशतले सडक दुर्घटनामा मृत्यु हुने मानिसको संख्या बढेको छ । आर्थिक वर्ष २०७७÷७८ मा २ हजार ५ सय १३ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा २ हजार २ सय ५१ जनाको मृत्यु भएको हो । तर, आर्थिक वर्ष २०७५÷७६ मा भने दुर्घटनामा मर्नेहरूको संख्या २ हजार ७ सय ८९ रहेको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते हुने मानिसको संख्या पनि बढ्दै गएको देखिएको छ । गम्भीर घाइतेहरूको संख्या पनि ३९ प्रतिशतभन्दा बढी देखिन्छ । आर्थिक वर्ष २०७७÷७८ मा विभिन्न सवारी दुर्घटनामा ६ हजार ४ सय ५३ जना मानिस गम्भीर घाइते भएका छन् । सबैभन्दा धेरै सवारी दुर्घटनामा पर्नेहरू मोटरसाइकल चालक नै रहेका छन् ।

पहिलोपोस्टबाट

Adv footer