२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एलाइट रनको उपाधि किरण र सुस्मितालाई


बिर्तामोड, असोज २४ । एलाइट रन मिनी म्याराथन २०७८ मा पुरुषतर्फ किरण लिम्बू र महिलातर्फ सुस्मिता राई प्रथम भएका छन् ।

एलाइट युथ क्लब बटारे बिर्ताबजारको आयोजना भएको प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दूरी किरणले १६ मिनेट ५५ सेकेनड र सुस्मिताले १८ मिनेट ५५ सेकेन्डमा पूरा गरेका थिए ।

पुरुषतर्फ बुट्टाबारी र महिलातर्फ बसपार्कबाट प्रतियोगिता सुरु गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ मुस्कान लिम्बू (१७ मिनेट) दोस्रो र मदन भण्डारी (१७.२१ मिनेट) तेस्रो भए भने महिलातर्फ सविना चौधरी (२१.४० मिनेट) दोस्रो र अनिषा लिम्बू (२१.५० मिनेट) तेस्रो भइन् ।

उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद प्राप्त गरे । प्रतियोगितामा महिला र पुरुष गरी ७० जना सहभागी थिए । क्लबका कार्यक्रम संयोजक दिपेन राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, क्लबका संस्थापक अध्यक्ष प्रकाश लिङदेन, सल्लाहकार चित्रप्रकाश राई र अतिथि कृष्ण मिश्रले विजेताहरुलाई नगदसहित पुरस्कार प्रदान गरेका थिए ।

विभिन्न सामाजिक काम गर्दै आएको यस क्लबले अब बर्सेनि मिनी म्याराथन आयोजना गर्दै लैजाने क्लबका सदस्य विशाल अग्रवालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer