२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

भूतपूर्व सैनिक गोल्डकपको फाइनलमा बागडुग्रा


बिर्तामोड, असोज २६ । भारतको बागडुग्रा भूतपूर्व सैनिक संघ भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा भएको भूतपूर्व सैनिक गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

बडादसैँको अवसरमा आयोजित प्रतियोगितामा झापा दुधेको भूतपूर्व सैनिक संघलाई बागडुग्रालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलको १५ औँ र ४५ औँ मिनेटमा बागडुग्राका कुमार लिम्बूले गोल गर्दै टिमलाई फाइनल पुर्याएका हुन् ।

तर, बागडुग्राले खेलअघि भूतपूर्व सैनिकको पहिचान खुल्ने परिचयपत्र बुझाउन नसकेकाले आयोजकलाई परिचयपत्र बुझाएपछि मात्र फाइनल खेल्न दिइने अध्यक्ष डिके गुरुङले बताए । नत्र दुधेले फाइनल खेल्ने बताइएको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भइरहेको प्रतियोगितामा पूर्वसैनिक तथा प्रहरीहरु खेल्दै छन् । संघका अध्यक्ष गुरुङका अनुसार प्रतियोगितको फाइनल खेल असोज २७ गते महाअष्टमीका दिन हुनेछ ।

प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउने छ भने उपविजेता टिमले ६१ हजार १११ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने गुरुङले बताए ।

खेलका उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पाउने छन् । उच्च गोलकर्ताको पुरस्कार ६० वर्षभन्दा माथिका खेलाडीले मात्र पाउने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer