२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

भूतपूर्व सैनिक गोल्डकपको फाइनलमा आयोजक र दुधे भिड्ने


बिर्तामोड, असोज २६ । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा भइरहेको भूतपूर्व सैनिक गोल्डकपको फाइनलमा आयोजक र दुधेको भूतपूर्व सैनिक संघबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगितको फाइनल खेल असोज २७ गते महाअष्टमीका दिन बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

बडादसैँको अवसरमा आयोजित प्रतियोगिताअन्तर्गत दुधे र भारत बागडुग्राबीचको सेमिफाइनल खेलमा दुधे पराजित भए पनि बागडुग्राले भूतपूर्व सैनिकको पहिचान खुल्ने परिचयपत्र बुझाउन नसकेकाले दुधेले फाइनलमा स्थान पक्का गरेको हो ।

आयोजकका अध्यक्ष डिके गुरुङका अनुसार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजकले दुधेको सामना गर्नेछ । भूतपूर्व सैनिकहरुबीच एकता तथा सुमधुर सम्बन्ध अझ मजबुद बनाउन खेल आयोजना गरिएको गुरुङले बताए ।

प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउने छ भने उपविजेता टिमले ६१ हजार १११ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने गुरुङले बताए ।

खेलका उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पाउने छन् । उच्च गोलकर्ताको पुरस्कार ६० वर्षभन्दा माथिका खेलाडीले मात्र पाउने संघले जनाएको छ । त्यस्तै, बेस्ट डिफन्स, मिडफिल्ड, फवर्ड, स्कोरर र गोलकिप्परले पाँचपाँच हजार नगद पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer