२०८१ चैत्र २८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सेविकाले पहिरिन मिस झापाको ताज


बिर्तामोड, कात्तिक १७ । मिस झापा २०२१ को उपाधिको ताज बिर्तामोडकी किशोरी सेविका श्रेष्ठले पहिरिएकी छन् ।

वीरता जेसीजको आयोजना र बिर्ता मिडिया प्रालिको संयोजनमा भएको दोस्रो संस्करणको यो प्रतियोगितामा सहभागी अन्य १३ किशारीलाई उछिन्दै श्रेष्ठ मिस झापा २०२१ बन्न सफल भइन् ।

उपाधिसँगै उनले टिभिएसको स्कुटर पाएकी छन् । त्यस्तै, उनले मिस नेपालमा सिधै भाग लिन सक्नेछिन् भने म्युजिक भिडियोमा खेल्न पाउने र छात्रबृद्धि र उपहारहरु पाएकी छन् ।

प्रतियोगितामा फस्र्ट रनरअप बुद्धशान्तिकी सविना बस्नेत र सेकेन्ड रनरअपमा मेचीनगरकी रुक्सुम खत्री भए । उनीहरुले विभिन्न गिफ्ट ह्याम्पर पाए ।

विधागत उपाधितर्फ मिस एक्टिभमा अर्चना गिरी, मिस बेस्ट फिगरमा निशा राई, द मिस बेस्ट पर्फमर रुक्सुम खत्री, द मिस ब्युटिफुल हेयर सपना विश्वकर्मा, मिस डिसिप्लिन पूर्णिमा लिङदेन लिम्बू, मिस फोटोजेनिक सविना बस्नेत, मिस रेम्पवक सबिना श्रेष्ठ भए ।

त्यस्तै, मिस ब्युटिफुल स्माइलमा मुम्ताज शेख, मिस भाइवेसियम प्रिया न्यौपाने, मिस ग्लामरस लुक्स स्मारिका घिमिरे, मिस ट्यालेन्ट रुकसुम खत्री, मिस पंचुवल पूजा ढुंगाना, मिस स्पेक्टिकुलर आइज प्रज्ञा आचार्य, मिस ग्लोइङ स्किन सेविका श्रेष्ठ र मिस फ्रेन्डली कुमकुम चौधरी भए ।

आयोजक वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता र अन्तर शाखा संयोजक जीवनकुमार खड्काको संयोजकत्वमा ग्रान्ड फिनाले भएको थियो ।

Adv footer