२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

भलिबलको उपाधि झापा गाउँपालिकालाई


कमल, मंसिर १७ । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको उपाधि झापा गाउँपालिकाले चुमेको छ । फाइनल खेलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै झापाले उपाधि उचालेको हो ।

बाह्रदशी गाउँपालिकासँगको खेलमा झापा गाउँपालिकाले २५–१६, १७–२५, २२–२५ र २०–२५ को सेटमा पराजित गर्दै उपाध्यक्ष कपको उपाधि आफ्नो कब्जामा पारेको थियो ।

उपाधिसँगै विजेता टोली झापाले नगद १ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छ । उपविजेता बनेको बाह्रदशीले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी झापा गाउँपालिकाका रोहित शिवाकोटी भए ।

प्रतियोगितामा बाह्रदशी गाउँपालिकाले कनकाई नगरपालिकालाई २५–२२, २२–२५, २५–१७ र २५–१९ को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो भने झापा गाउँपालिकाले भद्रपुर नगरपालिकालाई २५–२१, २५–२० र २५–२२ को सोझो सेटमा पाखा लगाउँदै फाइनल प्रवेश गरेको थियो ।

समापन कार्यक्रम कमल गाउँपालिका खेलकुद विकास समितिका संयोजक चतुर्भुज सुवेदीको अध्यक्षतामा तथा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको अन्तर पालिका झापा जिल्लास्तरीय भलिबल खेल प्रतियोगितामा बाह्रदशी, कमल, शिवसताक्षी, कनकाई, दमक, गौरादह, भद्रपुर, झापा, बुद्धशान्ति र बिर्तामोड नगरपालिकाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer