बिर्तामोड, मंसिर २५ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले गत आर्थिक वर्षमा २ करोड ४८ लाख ११ हजार ९७९ रुपैयाँ नाफा गरेको छ ।
संस्थाको शनिबार सम्पन्न ११ औँ वार्षिक साधारणसभामा अध्यक्ष सुवास भट्टराईद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार संस्थाको आम्दानीतर्फ २२ करोड २ लाख २५ हजार ५७२ र खर्चतर्फ १९ करोड ५४ लाख १३ हजार ५९२ रुपैयाँ रहेको छ ।
झापा, मोरङ र इलाममा ३३ वटा सेवा केन्द्र रहेको संस्थामा आर्थिक वर्ष २०७७/०७८ सम्ममा ३७ हजार ५६६ जना शेयर सदस्य तथा २४ करोड ६६ लाख २१ हजार ८ सय शेयर पुँजी रहेको भट्टराईद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले बचत संकलन ५ अर्ब ६५ करोड ९२ लाख ९८ हजार ६४३ रुपैयाँ, बचत फिता ४ अर्ब ८२ करोड १२ लाख ४० हजार २५२ रुपैयाँ, बचतमा रहेको रकम ८३ करोड ८० लाख ५८ हजार ३९१ रुपैयाँ, कर्जा लगानी ३ अर्व ९६ करोड १ लाख ७७ हजार २६८ रुपैयाँ, कर्जा असुली २ अर्ब ४० करोड ९१ लाख ४८ हजार ४०९ रुपैयाँ, लगानीमा रहेको रकम असार मसान्तसम्म १ अर्ब ५५ करोड १० लाख २८ हजार ८५८ रुपैयाँ, जगेडा तथा कोषहरु १२ करोड ६४ लाख ९७ हजार ६१८ रुपैयाँ रहेको अध्यक्ष भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमा छ ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वगृह राज्यमन्त्री तथा राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष दिपकप्रकाश बाँस्कोटा, प्रदेश नम्बर १ सहकारी रजिस्ट्रार बलराम निरौला, बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं, इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्य, नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष केशव भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले गरेको कार्यक्रमको सञ्चालन विभागीय प्रमुख प्रेम बस्नेत (विजय) ले गरेका थिए ।
यसैबीच, एभिन्युज टेलिभिजनका झापा प्रमुख तथा साझा अनलाइन खबरका सम्पादक सन्तोष न्यौपानेलाई नगद १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।