२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

मोरङमा दुई नक्कली चिकित्सक पक्राउ


बिर्तामोड, बैशाख १४ । मोरङ प्रहरीले दुई नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे १ मा श्रीराम पाइल्स क्लिनिक सञ्चालक भारतको दार्जिलिङका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैंचा ३ गछिया चोकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका दार्जिलिङकै २९ वर्षीय सनोड मण्डल छन् ।

मोरङ प्रहरी प्रमुख शान्तिराज कोइरालाका अनुसार दुवैले चिकित्सा शिक्षा अध्ययनको शैक्षिक प्रमाण पत्र र नेपाल मेडिकल काउन्सिलमा दर्ताबिना नै बिरामीलाई ठगी गर्दै आएका थिए ।

उनीहरुलाई जिल्ला अदालत मोरङबाट इलाजसम्बन्धी कसुरमा मंगलबार ५ दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाएको कोइरालाले बताए ।

नेपाल मेडिकल काउन्सिलसँग समन्वय गरेर कारबाही प्रक्रिया अघि बढाएको उनले बताए । काउन्सिलले उनीहरुले कुनै किसिमको दर्ता प्रक्रिया पूरा नगरेकाले कानुनअनुसार कारबाही गर्नु पत्राचार गरेको कोइरालाले जानकारी दिए ।

इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer