२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

केएफटिसी सिटी लिग यु–१४ को तयारी पूरा


बिर्तामोड, जेठ १३ । भोलिदेखि सुरु हुने प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले खेल मैदानमा आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो ।

Adv block_7_1

सेन्टरले नेपालमै पहिलोपटक डाक बडाबड (अक्सन) मार्फत खेलाडी किनेर क्लबमा भित्र्याएर टिम निर्माण गरेको थियो । प्रतियोगितामा सहभागी चारवटा क्लबले अक्सनमार्फत खेलाडी किनेका थिए ।

प्रत्येक टिमले १७ जना खेलाडी अक्सनमार्फत र पाँचजना बाहिरबाट गरी जम्मा २२–२२ जनाका दरले खेलाडीहरू आआफ्नो टिममा छनोट गरेको सेन्टरका अध्यक्ष मीन बस्नेतले जानकारी दिए ।

आशिष गुरुङ मालिक रहेको क्लासिक वारियर्स, एन्जल गुरुङको राइजिङ ब्वाइज, सुरेश तिवारीको ह्याप्पी क्लब र वसन्त श्रेष्ठको संगम फुटबल क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सेन्टरका सचिव अशोक राईले बताए ।

Adv sidebar_1

काँकभिट्टा माविको खेलमैदानमा हुने उद्घाटन खेल क्लासिक वारियर्स र ह्याप्पी क्लब बीच हुने आयोजकले जनाएको छ ।

जेठ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृट खेलाडीलाई पाँच हजार १००, सर्वाधिक गोलकर्तालाई चार हजार १०० प्रदान गरिनेछ ।

Adv top

उत्कृष्ट फर्वाड, मिड फिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकले तीन हजार १०० रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

सेन्टर ८६ जना खेलाडीहरुलाई प्रशिक्षण दिँदै आएको छ । तिनै खेलाडीहरु प्रतियोगितामा क्लबमार्फत खेल्ने छन् । उमेर समूहको राष्ट्रिय टिममा खेलाडी छान्न र समावेश गराउन लिगले टेवा पुर्याउने बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer