२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कञ्चनजंघा अंग्रेजी माविको शौचालय दुर्गन्धित, ट्युबवेलको पानी पिउछन् विद्यार्थी


बिर्तामोड, साउन २४ । सरसफाइ र स्वच्छ खानेपानी पाउने नागरिकको नैसर्गिक अधिकार हो । अझ, बढी जनघनत्व हुने विद्यालय, अस्पतालजस्ता जनसरोकार भएका संस्थामा यो अनिवार्य हो ।

तर, झापा बिर्तामोडको कञ्चनजंघा अंग्रजी माविमा सरसफाइ र स्वच्छ खानेपानीको व्यवस्था शून्य रहेको पाइएको छ ।

विद्यालयका प्रिन्सिपल गुरुभक्त न्यौपानेले आफ्नो विद्यालयमा १४०० विद्यार्थी रहेको बताइरहँदा तल्लो तहको कक्षामा अध्ययन गर्ने विद्यार्थीले अत्यन्त दुर्गन्धित शौचालय प्रयोग गरिरहेको पाइएको छ । सोको कारण विद्यार्थीहरु बिरामी हुन थालेका छन् ।

No description available.

विद्यालयको उत्तरपट्टिको भवनतर्फ रहेको शौचालय दिसापिसाबले भरिएर विद्यालयभरि दुर्गन्ध फैलिए पनि विद्यालय प्रशासन भने समाधानतर्फ जिम्मेवार नरहेको जवाफ आउने गरेको छ ।

Adv sidebar_3

सोमबार एकजना अभिभावकले गुनासो राख्दा उल्टै न्यौपानेबाट हप्की खाएपछि बिर्तामोडका सचेत युवा समस्या लिएर मंगलबार विद्यालय पुगेका थिए । तर, न्यौपानेले समाधान गर्नेतर्फ कुरा राख्नुको सट्टा धेरै विद्यार्थी भएको ठाउँमा ‘यस्तै’ हुन्छ भन्ने गैरजिम्मेवार जवाफ दिएका थिए ।

विद्यालयले विकल्पको रुपमा अर्को शौचालय निर्माण गरिरहेको बताए पनि तत्काललाई शौचलायको दुर्गन्ध हटाउन आवश्यक नरहेको न्यौपानेको जवाफ थियो ।

विद्यालयले शौचालय सफा नगर्नुका तथा शौचालयमा साबुनसमेत नराखेको पाइएको थियो ।

त्यस्तै, कञ्चनजंघाका विद्यार्थीले ट्युबवेलको पानी पिउने गरेको पाइएको थियो । विद्यालय छुट्टी भएको समयमा पुगेका युवाहरुले अधिकांश विद्यार्थीले ट्युबवेलको पानी बोत्तलमा थापेर पिइरहेको पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer