
बिर्तामोड, भदौ ७ । झापा भद्रपरकी शान्ति पारिकले भारतको सिलिगुडीमा विशेषज्ञ चिकित्सकहरुको सेवासहितको अत्याधुनिक एवम् सुविधासम्पन्न स्किन ल्याब स्टुडियो सञ्चालनमा ल्याएकी छन् ।

सिलिगुडीबाट नजिकै रहेको पूर्वी नेपालका सेवाग्राहीलाई समेत मध्यनजर गर्दै सिलिगुडीमा भारतकी प्रसिद्ध स्किन चिकित्सक डा. जमुना पाइको अगुवाईमा भारतका विभिन्न सहरमा स्थापना गरिएको डा. जमुना पाइ स्किन ल्याब स्टुडियो सञ्चालनमा आएको हो ।

भारतको मुम्बई, चेन्नई, पुणे, कोच्ची, हैदरावाद, बडौदाजस्ता ठुला सहरमा सफलतापूर्वक सञ्चालन भइरहेको डा. जमुना पाइ स्किन ल्याबको फ्रेन्चाइजी आफूले लिएको सञ्चालक शान्ति पारिकले जानकारी दिइन् ।

सिलीगुडीको विशाल सिनेमा हलनजिकैको जेपी टावरको दोस्रो तलामा उक्त फ्रेन्चाइजी स्किन ल्याब स्टुडियाको हालै एक समारोहका बीच विधिवत उद्घाटन डा. पाइबाट गरिएको छ ।

सो ल्याबबाट छालासम्बन्धी सबै प्रकारका समस्याको समाधान हुने सञ्चालक पारिकले बताइन् । उनका अनुसार ल्याबबाट मेडी फेसियल, एन्टी अक्सिडेन्ट थेरापी, लेजर ट्रिटमेन्टसहित स्किन ब्राइटनिङ र एन्टी एजिङको सुविधा सवाग्राहीलाई हुनेछ ।

यसैगरी, ल्याबमा पिम्पल्स, अनावश्यक केश, चाउरीपनबाट छुटकाराजस्ता उपचार हुनेछ ।
डा. जमुना भारतकी सर्वश्रेष्ठ छाला विशेषज्ञमध्ये एक हुन् । उनी फेमिना मिस इन्डियाकी आधिकारिक स्किन केयर सल्लाहकार पनि हुन् ।

मिस इन्डियामा सहभागी हुने प्रतियोगीहरुलाई विगत तीन दशकदेखि डा. जमुनाले नै ग्रउमिङ गर्दै आइरहेकी छन् ।
Comments are closed