२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्ता आयुर्वेदको वार्षिकोत्सवमा पत्रकार उपचार कोषलाई सहयोग, उपचारमा छुटको व्यवस्था


बिर्तामोड, भदौ १४ । बिर्ता आयुर्वेद एन्ड फिजियोथेरापी सेन्टरले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा सामाजिक संस्थाहरुलाई सहयोग गरेको छ ।

This image has an empty alt attribute; its file name is aadarsa-1.png

त्यस्तै, सेन्टरले पत्रकारलगायत बालबालिका र ज्येष्ठ नागरिकलाई उपचार र परीक्षणको छुटको घोषणा गरेको छ ।

आज सेन्टरले पाँचौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा सो घोषणा गरिएको हो ।

Adv sidebar_3

सन्टरले नेपाल पत्रकार महासंघले स्थापना गरेको पत्रकार उपचार कोषलाई १५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।

त्यस्तै, बृद्धाश्रम र हाम्रो अभियान नेपाललाई तीन हजार ५५५ रुपैयाँका दरले नगद सहयोग उपलब्ध गराएको सञ्चालक नर्वदा भट्टराईले जानकारी दिइन् ।

वार्षिकोत्सवको अवसरमा सम्पूर्ण पत्रकारलाई फिजियोथेरापीमा ३५ प्रतिशत, आयुर्वेदिक औषधिमा ७ प्रतिशत र रगत जाँचमा १५ प्रतिशत छुट गरिने उनले बताइन् ।

त्यस्तै, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक र ५ वर्षमुनिका बालबालिकालाई फिजियोथेरापी मा ४० प्रतिशत, आयुर्वेदिक औषधिमा ५ प्रतिशत, रगत जाँचमा १० प्रतिशत छुट उपलब्ध गराइएको छ ।

Adv sidebar_4

असहाय, बेसहारा तथा आर्थिकस्थिति नभएकालाई महिनामा एकजनालाई निःशुल्क बसेर उपचार गराउने सेन्टरले घोषणा गरेको छ ।

विर्ता आयुर्वेदले पाँच वर्षमा झापाको शान्तिनगर, बुधबारे, झापा गाउँपालिका, चारपानेलगायत ५० ठाउँमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको छ ।

आफ्नै सेन्टरमा समेत सयपटक निःशुल्क स्वास्थ्य शिविर गरेको छ । पारालाइसिस, हाडजोर्नी नशाका बिरामी साथै पायल्स, फिसर, फिस्टुला र अन्य रोग लागेका बिरामीलाई औषधि उपचार गरिसकेको कार्यक्रममा जानकारी दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer