२०८१ माघ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदः प्रदेश छनोटको कबड्डी र आर्चरी झापामा सुरु


बिर्तामोड, असोज ४ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगिताको झापामा खेलाइने खेलहरुमध्ये सोमबार कबड्डी र आर्चरी खेल सुरु भएको छ ।

मेची रंगशालाको कभर्डहलमा कबड्डी र भद्रपुर ५ स्थित होटल एभरेटमा आर्चरीको खेल सुरु भएको जिल्ला खेलकुद विकास समिति झापाका सदस्य एवम् प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।

मेची रंगशालाको कभर्डहलमा आयोजित एक समारोहका बीच भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले दुबै खेलको एकैसाथ उद्घाटन गरे ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख पोखरेलले मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको व्यस्तताका बाबजुद झापा खेलकुदमय भएको बताउँदै खेलकुदले राष्ट्रको पहिचान बोक्ने भएकोले उत्कृष्ट प्रदर्शन गर्न खेलाडहिरुलाई आग्रह गरे ।

Adv sidebar_3

समितिका सचिवालय सदस्य दुर्गाराज निरौलाले सञ्चालन र पुरुष कबड्डी खेलका संयोजक धर्मराज शिवाकोटीले स्वागत गरेको समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकाल, कबड्डीको पूर्वअन्तर्राष्ट्रिय खेलाडी एवम् भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कबड्डीका प्रशिक्षक रतिया राजवंशीले प्रशिक्षक, निर्णायक तथा रेफ्रीहरुको तर्फबाट सपथ लिएको सो समारोहका बीच प्रदेशस्तरीय छनोट प्रतियोगितामा आइटिएफ तेक्वान्दोतर्फ झापालाई स्वर्ण पदक दिलाउने खेलाडीहरुलाई उद्घाटन समारोहमा सहभागी उद्योगी तथा खेलप्रेमी दिपेश ढकाल, नितेश वर्मा, तोया गड्तौलालगायतले प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए ।

Adv sidebar_4

झापामा प्रदेशस्तरीय महिला क्रिकेट, महिला भलिबल र खो–खोका खेल सम्पन्न भइसकेका छन् भने तेक्वान्दो र ब्याडमिन्टनका खेल जारी छन् ।

बक्सिङ र शारीरिक सुगठनका खेलहरु बुधबार सुरु हुने छन् । बक्सिङ दमकमा र शारीरिक सुगठन बिर्तामोडमा हुनेछ ।

Comments are closed

Adv footer