२०८१ माघ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुद: प्रदेशस्तरीय शारीरिक सुगठनमा १० खेलाडी छानिए


बिर्तामोड, असोज ७ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश १ बाट शारीरिक सुगठनका १० जना खेलाडी छनोट भएका छन् ।

झापाको बिर्तामोडमा भएको शारीरिक सुगठनको प्रदेश १ को छनोट प्रतियोगिताबाट झापाका दुईजनासहित १० खेलाडी छानिएका हुन् ।

झापा जिल्ला खेलकुद विकास समितिका प्रवक्ता जगन कार्कीका अनुसार झापाका अजय राजवंशी ५५ केजी र सन्देश राई ६० केजीमा छनोट भए ।

Adv sidebar_4

त्यस्तै, ६५ केजीमा मनोज कटवाल (उदयपुर), ७० केजीमा पवन भट्टराई (पाँचथर), ७५ केजीमा निखिल ताम्राकार (उदयपुर), ८० केजीमा शौरभ मगर (मोरङ), ७० केजीमुनि मेन फिजिक्समा अवतार श्रेष्ठ (सुनसरी), ७० केजीभन्दा माथि देवराज पराजुली (खोटाङ), महिला फिजिक्समा रुपा तामाङ (सुनसरी) र बडिबिल्डरमा रजनी श्रेष्ठ छनोट भएको उनले बताए ।

छनोट प्रतियोगितामा प्रदेश १ का नौ जिल्लाका २९ जना खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईं, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, उपाध्यक्ष गंगा भूर्तेल, राष्ट्रिय खेलकुद परिषद शारीरिक सुगठन प्रमुख प्रशिक्षक राजेन्द्ररत्न तुलाधर, शारीरिक सुगठनका केन्दीय उपाध्यक्ष रणबहादुर थेबेलगायतले पुरस्कार वितरण गरेका थिए ।

Adv sidebar_1

प्रदेश १ स्तरीय शारीरिक सुगठन छनोट प्रतियोगिताका संयोजक चण्डिका बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा समितिका अध्यक्ष भण्डारीले स्वागत गरेका थिए भने सञ्चालन सचिवालय सदस्य दुर्गाराज निरौलाले गरेका थिए ।

Comments are closed

Adv footer