२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुद: प्रदेश १ महिला फुटबल टिमको घोषणा


बन्द प्रशिक्षणमा रहेका झापाका खेलाडीहरु

बिर्तामोड, असोज ७ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १ नम्बर प्रदेशको महिला फुटबल टिमको घोषणा भएको छ ।

Adv sidebar_2

आज प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश टिम घोषणा गरेको हो ।

बोर्डले २० सदस्यीय प्रदेश टिम घोषणा गरेको बोर्डकी उपाध्यक्ष जिना कार्कीले जानकारी दिइन् ।

टिममा सबैभन्दा बढी झापा र धनकुटाका खेलाडी छन् । यी जिल्लाबाट चारचारजना खेलाडी छनोट भएको बोर्डले जनाएको छ ।

Adv sidebar_4

झापाबाट सुस्मिता चौधरी, छत्रिका चौधरी, ममता राउत र लक्ष्मी श्रेष्ठ छनोट भए भने धनकुटाबाट निशा थुलङ, अन्जना थुलुङ, तीर्थकुमारी लिम्बू र अनिता गुरुङले प्रदेशको प्रतिनिधित्व गर्ने छन् ।

झापाबाट प्रदेश टिममा परेका ममता र लक्ष्मी फरवार्ड तथा छत्रिका र सुस्मिता डिफन्डर हुन् ।

त्यस्तै, मोरङबाट तीनजना, कल्पना कार्की, केरोन लिम्बू र सन्जु तामाङ टिममा परेका छन् । सुनसुरीबाट प्रतिक्षा राई, जिना बिस्ट र आशिका बोहोरासहित तीनजना छानिएका छन् ।

ताप्लेजुङबाट अनुसा थेबे र अनुसा लिम्बू, सोलुखुम्बुबाट झरना राई, उदयपुरबाट चुम्लुङ्गमा राई, पाँचथरबाट प्रविना कालिकोटे र इलामबाट जेनिफर रमा छनोट भएको उपाध्यक्ष कार्कीले जनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer