२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा छुट्टै बाल अस्पताल सञ्चालनमा


बिर्तामोड, असोज ११ । झापामा पहिलो बाल अस्पतालको रुपमा बिर्तामोड चिल्ड्रेन अस्पताल सञ्चालनमा आएको छ ।

एक कार्यक्रमका बीच बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं र उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अस्पतालको उद्घाटन गरे ।

१५ शय्याको सो बाल अस्पताल नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. रुपक आचार्य आचार्यकी श्रीमती गाइनो फिजिसियन डा. सुजता मैनाली आचार्यको लगानीमा सञ्चालनमा आएको हो ।

अत्यधिक जापानिज प्रविधिका उपकरणसहित इको र इसिजीको समेत व्यवस्थासहित चौबीसै घण्टा सेवा प्रवाह गर्ने उद्देश्यले छजना विशेषज्ञ चिकित्सक र अनुभवी नर्सिङ स्टाफसहितको अस्पताल सञ्चालनमा अस्पतालकी अध्यक्ष लीला मैनालीले बताइन् ।

Adv sidebar_4

लामो समयसम्म बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेज विराटनगर र बिएन्डसी अस्पताल बिर्तामोडमा चार वर्षसम्म बाल रोग विशेषज्ञका रुपमा प्रमुख भएर काम गरिसकेका डा. आचार्यले बिर्तामोडमा रहेका ठुला अस्पतालको तुलनामा सबै अत्याधुनिक उपकरणसहित बाल अस्पताल सञ्चालनमा ल्याइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer