२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पर्यटन प्रबर्द्धनका लागि केचना-चारआली ५३ किलोकिटर साइकल यात्रा


बिर्तामोड, असोज १५ । ‘राइड फर फन’ नारा दिइएको प्रथम झापा साइकल राइडमा पूर्वी नेपालका साइक्लिस्टहरुले उत्साहजनक सहभागिता जनाएका छन् ।

बडादशैँको अवसर पारेर नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआलीले यो वर्षदेखि साइकल राइड सुरु गरेको हो ।

२१ नम्बर बाहिनीका प्रमुख सहायक रथि कृष्णप्रसाद भण्डारीको विशेष पहल र परिकल्पनामा ‘जनता सँगसँगै नेपाली सेना’ भन्ने वाक्यलाई मनन गर्दै राइडको सुरुवात गरिएको हो ।

वातावरण संरक्षण तथा पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन, झापा जिल्लाका महत्वपूर्ण तथा धार्मिक स्थलहरुको पहिचान दिलाउन, खेलकुद क्षेत्रको विकासको साथै सैनिक– नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने उद्देश्यले राइडको आयोजना गरिएको नयाँ श्रीनाथ गणका प्रमुखसेनानी फणिन्द्र थापाले बताए ।

Adv sidebar_1

कचनकवल गाउँपालिकामा रहेको नेपालकै होचो स्थान कचनकवल स्तम्भबाट सुरु भएको राइड चारआलीमा आएर टुंगिएको थियो । राइडरहरुले ५३ किलोमिटर यात्रा तय गरेका थिए ।

सहायक रथि भण्डारीको नेतृत्वमा सुरु भएको राइडमा झापासहित मोरङ र सुनसरीका १५५ जना राइडरले सहभागिता जनाएका थिए । राइडमा १५ वर्षदेखि ६० वर्षसम्मका राइडरले यात्रा सफलतापूर्वक सम्पन्न गरेका थिए ।

कचनकवल स्तम्भबाट सुरु भएको साइकल राइड भद्रपुर, बिर्तामोड, अर्जुनधाराधाम, हुँदै मेचीनगरको चारआलीसम्म भएको हो ।

यसैबीच, साइकल राइडसँगै सालबारीबाट चारआलीसम्म विद्यार्थीलाई सहभागी गराई ५ किलोमिटर रन फर फन कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

गणमा आयोजित एक भव्य कार्यक्रमका बीच सहभागीहरुलाई कदरपत्र दिएर राइडको समापन गरिएको थियो । पूर्वी पृतनाका प्रमुख उपरथि सहदेव खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, प्रमुख जिल्ला अधिकारी छविराज रिजाललगायतको शुभकामाना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer