२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापा इनर्जीले ६ महिनाभित्र १० मेगावाटको सौर्य ऊर्जा सञ्चालनमा ल्याउने


बिर्तामोड, पुस २८ । झापा इनर्जी लिमिटडले १० मेगावाटको सौर्य ऊर्जा परियोजना ६ महिनाभित्र सञ्चालनमा ल्याउने भएको छ ।

शिवसताक्षी ४ बोलोचोकमा स्थापना गरिएको झापा इनर्जी कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभामा प्रबन्ध सञ्चालक सुवास भट्टराईले परियोजना सुरु भएपछि झापा जिल्लालाई पुग्नेगरी ऊर्जा उत्पादन हुने जानकारी दिए ।

कम्पनीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य एलपी साँवाले एक वर्षभित्रमा यो परियोजनाको सम्पूर्ण काम सकिने बताए । उनले यो परियोजना सञ्चालनलागि काम सुरु गर्दा देशमा २० घण्टा लोडसेडिङको चलिरहेको स्मरण गराए ।

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा अध्यक्ष सवास नेम्वाङले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई झापा इनर्जीले सहयोग पुर्याउने बताए ।

कम्पनीका अध्यक्ष एलपी साँवा लिम्बूको अध्यक्षतामा सम्पन्न साधारणसभामा कम्पनीका सञ्चालक रामचन्द्र उप्रेतीले स्वागत गरेका थिए । साधारण सभामा प्रदेश नम्बर १ का पूर्वमन्त्री झलकसिंह दलार्मी मगरले शुभकामना मनतव्य राखेका थिए ।

साँवाले ऊर्जा परियोजनामा उच्च प्रविधियुक्त र विश्वसनीय ब्रान्डका सोलार प्यानल तथा उपकरणहरु जडान गरिने जानकारी दिए ।

झापा इनर्जीले शिवसताक्षी–४ मा २१ बिघा ३ कठ्ठा १२ धुर जग्गा खरिद गरी ऊर्जा परियोजना निर्माण गरिरहेको छ । इनर्जीले जग्गा खरिद, ग्रिड कनेन्सन सम्झौता, विद्युत प्राधिकरणसँग खरिद बिक्रीको सम्झौता, विद्युत उत्पादनको अनुमति, बोलोचोक सब–स्टेसनसम्म प्रसारण लाइन निर्माणको काम सम्पन्न गरिसकेको अध्यक्ष साँवाले जानकारी दिए ।

कुल ७९ करोड ९० लाख लागतमा निर्माण हुने ऊर्जा परियोजनामा ७५ प्रतिशत कर्जा लिइएको छ भने बाँकी रकम सर्वसाधारणले लगानी गरेका छन् ।

आयोजनाको विद्युत खरिदबिक्री सम्झौता २५ वर्षका लागि हुने प्रबन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए । उनले वार्षिक १ करोड ७६ लाख १० हजार युनिट उत्पादन गरिने बताए । परियोजना सम्पन्न हुनासाथ स्थानीयका लागि आइपिओ निष्काशन गर्ने भट्टराइले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer