२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

एनसिडिए झापाद्वारा व्यवसायीलाई कर सम्बन्धी प्रशिक्षण


बिर्तामोड, माघ २३ । झापाका औषधि व्यवसायीहरुलाई कर सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय भद्रपुरको प्राविधिक सहयोगमा जिल्लामा रहेका औषधि व्यवसायीहरुलाई कर तथा लेखा सम्बन्धी प्रशिक्षण प्रदान गरिएको हो ।

नेपाल औषधि व्यवसायी संघ झापा (एनसिडिए)ले आयोजना गरेको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय झापाका प्रमुख कर अधिकृत शुभ रिजालले तालिमको उद्घाटन गरेका थिए ।

आन्तरिक राजश्व कार्यालयका कर अधिकृतद्वय भीम आचार्य र छत्र लिम्बू र सिए एञ्जिला मैनालीले तालिमको सहजीकारण गरेका थिए ।

नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष गौतम गुप्ताको सभापतित्वमा कार्यक्रम भएको थियो ।

नेपाल औषधि व्यवसायी संघका उपाध्यक्ष प्रदीप खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव जीवन खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer