२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

प्रजातान्त्रिक फार्मेसी संघको कोसी प्रदेश संयोजकमा खड्का


बिर्तामोड, चैत ४ । नेपाल प्रजातान्त्रिक फार्मेसी संघको कोसी प्रदेश संयोजकमा झापा बिर्तामोडका फर्मासिस्ट जीवनकुमार खड्का नियुक्त भएका छन् ।

संघको विधान २०७५ बमोजिम खड्कालाई संघको प्रदेश अधिवेशन तीन महिनाभित्र सम्पन्न गर्न संयोजकको जिम्मेवारी दिइएको संघका केन्द्रीय कार्यवाहक अध्यक्ष सुदिपराज सुवेदीले जानकारी दिए ।

त्यस्तै, फार्मेसी पेशाको विकास तथा फार्मेसी जनशक्तिको हकहितमा कार्य गर्न खड्कालाई प्रदेश संयोजकको जिम्मेवारी दिइएको बताइएको छ ।

खड्का नेपाल औषधि व्यवसायी संघ झापाका महासचिव तथा बिर्तामोड उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य हुन् ।

त्रिशूल फर्माका सञ्चालक उनी लायन्स क्लबका एमजिएफ, नेपाल जेसीजका सिनेटर लगायत सामाजिक संघसंस्थामा आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer