२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

किन घट्छ बच्चाको तौल? जन्मिदा कति हुनुपर्छ?


बिर्तामोड, चैत १९ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार जन्मदा बच्चाको तौल करिब ३ किलो हुनुपर्छ । तौल तीन महिनामा ५ किलो, ६ महिनामा ६ किलो, ९ महिनामा ७ किलो र एक वर्ष पुग्दा १० किलो हुनुपर्छ ।

कहिलेकाहीँ तेस्रो र छैटौँ महिनामा बच्चाको तौल घटेको पनि हुनसक्छ । तर, बच्चाको तौल थोरै घट्दैमा चिन्ता लिनुपर्दैन ।

तौल घट्नु र बढ्नुको अर्थ

बच्चाको निरन्तर एउटै तौल हुँदैन । राताराता केही तौल बढेको बच्चा एकदुई दिनपछि केही घट्न सक्छ । अर्थात, उसको तौल बढ्नु र घट्नु सामान्य हो । थोरै तौल घटबढ हुँदैमा चिन्ता लिनु आवश्यक छैन् । यो सबै बच्चाको हुर्कने प्रक्रिया हो र यसलाई सामान्य रुपमा हेर्नुपर्छ ।

के कारण तौल घटबढ हुन्छ ?

जब बच्चा बामे सर्न थाल्छन् (७ देखि १० महिना) उनीहरुको तौल थोरै घट्न सक्छ । बच्चामा फ्याटी टिस्यु र मेटाबोलिजमले सुरुमा तौल बढे पनि स्वतः पछि बिस्तारै घट्छ ।

तसर्थ, बामे सर्दा थोरै तौल घट्नु स्वभाविक हो, तौल घट्दैमा चिन्तित हुनु पर्दैन । सामान्य बिरामी हुँदा वा पर्याप्त नखाँदा पनि तौल घट्छ । तर निरन्तर तौल घट्यो भने बालरोग विज्ञको सुझाव लिनुपर्छ ।

कस्तो अवस्थामा चिकित्सकको सल्लाह लिने ?

यदि बच्चाको तौल निरन्तर घट्छ वा हुनुपर्ने तौल पुग्दैन भने बाल चिकित्सकसँग सल्लाह लिनुपर्छ । प्रारम्भिक समयमा नै बच्चाको तौल घटेमा र कमजोर हुन थालेमा चिकित्सकीय उपचार गर्न ढिलाई नगर्नुहोस् । किनकि कुपोषणले पनि बच्चाको तौल घट्छ ।

खुवाईको तरिकाले पनि बच्चाको तौल पनि घटबढ हुन्छ । भोकाउँदा समयमा दूध खान पाएनन् भने पनि तौल घट्छ । त्यस्तै, जतिखेर पनि आमाको दूध चुस्ने बच्चाको तौल तुलनात्मक रुपमा बढी हुन्छ ।

बच्चा दुब्लाउँदै गएपछि तपाईंले उच्च क्यालोरियुक्त खानेकुरा खुवाउनुभयो भने पनि उनीहरुको तौल बढ्ने र घट्ने भइरहन्छ । केही बच्चाहरु सन्तुष्ट भएपछि मात्र खान खोज्ने भएकोले उनीहरुलाई खुसी पार्न सक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer