२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजनमा बिनापाठ्यपुस्तक अध्यापनका लागि तालिम


मेचीनगर, जेठ २ । धुलाबारीको इस्ट होराइजन माविमा दुई दिने शिक्षक तालिम सम्पन्न भएको छ ।

पाठ्यपुस्तकबिना पनि विद्यार्थीहरुलाई स्थानीय स्रोत र साधनहरुको प्रयोग गरी जीवन उपयोगी शिक्षा, सीपमुलक र आयआर्जनमूलक शिक्षा दिन सकिन्छ भन्ने उद्देश्यका साथ तालिम सम्पन्न भएको विद्यालयका प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए ।

काठमाडौँबाट आएकी विशेषज्ञ प्रतिक्षा गौतले यस विषयमा दुई दिन सहजीकरण गरेकी थिइन् । यस क्षेत्रमा लामो अनुभव बटुलेकी सहजकर्ता तथा प्रशिक्षक गौतम नेपाल सरकारको मापदण्डलाई पालना गर्दै विशेष किसिमको पाठ्यक्रम निर्माण गरी बालबालिकालाई सहज र सरल माध्यमबाट पढाउन यस वर्षभरि सहकार्यमा जोडिने भएकी छन् ।

शिक्षामा किताबी ज्ञान मात्र नभएर जीवन जिउने कला, सिर्जनात्मक अभ्यासलगायतका लागि यस वर्षबाट इस्ट होराइजनमा बालशिक्षादेखि कक्षा २ सम्म बिनापाठ्यपुस्तक कक्षा सञ्चालन भइरहेको छ ।

यो उमेर समूहका बालबालिकाहरुका लागि शिक्षक आफैँले शिक्षण सामग्रीहरुको निर्माण गरी उनीहरुलाई चाहिने पाठ्यपुस्तक तयार पारेर पढाउने अभ्यास भइरहेको छ ।

संस्थागत विद्यालयहरुले बालबालिकाहरुलाई पाठ्यपुस्तकको भार बोकाएको आरोप लागिरहेको समयमा इस्ट होराइजनले यस वर्षबाट यस प्रकारको अभ्यास सुरु गरेसँगै किताबको भार नहुने प्रिन्सिपल राईले बताए ।

सो अभ्यासका लागि लामो समयसम्म भर्चुअल माध्यमबाट विभिन्न प्रकारको तालिममा शिक्षकशिक्षिकाहरुलाई तालिम प्रदान गरेर योजनाबद्ध ढंगले लागु गरिएको विद्यालयकी प्रमुख प्रशासक सावित्रा राईले बताइन् ।

करिब दुइ वर्षसम्मको योजना र सहजकर्ता गौतम र कल्पबृक्ष एजुकेसन फाउन्डेसनको सहकार्यमा शिक्षकहरु तयार रहेको विद्यालयका शिक्षक विकास ग्वालले बताए ।

विद्यालयको सभाहलमा सञ्चालन भएको उक्त तालिममा कक्षा नर्सरीदेखि कक्षा २ सम्मका २० जना शिक्षकशिक्षिकाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer