२०८१ मंसिर १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

चट्याङबाट जोगिने उपायहरु


बिर्तामोड, जेठ ३ । वर्षायामसँगै चट्याङको जोखिम सुरु हुने गर्छ । चट्याङको सम्भावित जोखिमबाट बच्नका लागि केही सावधानी अपनाउनुपर्ने हुन्छ ।

के हो चट्याङ ?

समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्न विद्युतको प्रवाह हो चट्याङ । यो जब बादलमा भएका कणहरू आवेसित भएर धन र ऋण आवेसमा परिवर्तित हुन्छन्, तब विद्युत् उत्पन्न हुन्छ । यो करेन्ट कहिलेकाहीँ पृथ्वीको सतहमा उच्च भोल्टेजले ठक्कर खान्छ । यसैलाई हामी आकारमा बिजुली चम्केको वा चट्याङ परेको भन्छौँ ।

चट्याङ विपरीतबाट आएको बादल आपसमा ठोक्किँदा त्यसको अणुहरूबीच हुने आकर्षण, विकर्षण र घर्षणबाट उत्पन्न हुने विद्युतीय तरङ्ग एवम् शक्ति हो । यो अचानक हुने विद्युतीय विस्फोटन हो । चट्याङले विद्युतीय लहर उत्पन्न गराउँछ । यसबाट जोगिनका लागि सावधानी अपनाउनैपर्छ ।

खुला स्थान वा अग्ला डाँडाहरूमा चट्याङको जोखिम हुन सक्छ । टावर, अग्ला रूख, अग्ला संचरनामामा चट्याङ पर्न सक्छ । किनभने बादलमा जम्मा भएको विद्युतीय चार्ज तटस्थ हुने क्रममा माथिबाट तलतिर आउँदा जुन वस्तु नजिक पर्छ त्यहीमाथि विपरीत चार्ज पैदा हुन्छ । यसैलाई हामी चट्याङ परेको भन्छौँ ।

चट्याङबाट कसरी जोगिने ?

यो प्राकृतिक प्रकोप भएकाले यसलाई रोक्न एवम् नियन्त्रण गर्न सकिँदैन । तर, सावधानी भने अपनाउन सकिन्छ । घर निर्माण गर्दा अर्थिङ गराउनुपर्छ, जसले चट्याङको भय हुँदैन ।

सम्भव भएसम्म चट्याङ पर्ने अवस्थामा घरभित्रै बस्नु सुरक्षित हुन्छ । घरबाहिर भए पनि सुरक्षाको उपाय अपनाउनुपर्छ ।

१. चट्याङ पर्न लाग्दा फलामे पदार्थभन्दा टाढै बस्नुपर्छ ।
२. यस्तो बेलामा सकेसम्म विद्युत उपकरणको प्रयोग गर्नु हुँदैन ।
३. यो बेलामा बिजुलीको पोल छेउमा बस्नु हुँदैन ।
४. सकेसम्म मोबाइल वा टेलिफोनको उपयोग नगर्नु नै राम्रो हुन्छ ।
५. चट्याङ पर्न लाग्दा पानीमा पौडिरहेको भए समतल भूमिमा निस्कनुपर्छ ।
६. चट्याङ पर्न लाग्दा सुरक्षित स्थानमा आश्रय लिनु पर्दछ ।
७. अग्लो वस्तु रूख, झन्डा बाँध्ने पाइप वा बाँस नजिक जानु हुँदैन ।
८. यस्तो बेलामा खुला चौर, खुला संरचना र गाडीमा पनि जानु हुँदैन ।
९. विद्युतको सुचालक वस्तु जस्तैः कम्प्युटर, टेलिफोनभन्दा टाढा बस्नु पर्दछ ।
१०. चट्याङको आवाज आइरहेको बेला तारवाला फोन उपयोग गर्नु हुँदैन ।
११. आकाशमा बादल तीव्रताका साथ गर्जिरहेको छ भने पक्की भवनमा आश्रय लिनुपर्छ ।
१२. वर्षाको चट्याङ केही समय मात्र हुने भएकाले बाहिर पर्नुभयो भने पर्खनु राम्रो हुन्छ ।

जोगिने थप उपायहरु

१. घरभित्रको विद्युतीय उपकरणको स्विच अफ गर्ने । टिभी, कम्प्युटर आदिको तार छोएर नबस्ने । साथै, धातुबाट बनाइएको झ्याल–ढोका आदिलाई छोएर बस्नुहुँदैन ।

२. भुइँमा सुत्नु, भित्तामा अडेसिनु पनि जोखिमयुक्त हुन सक्छ । झ्याल–ढोकाको छेउमा नबस्ने ।

३. चट्याङ परिरहेको बेलवा धारा खोलेर पानीको प्रयोग गर्नु पनि जोखिमपूर्ण हुन सक्छ । हात धुने, नुहाउने जस्ता काम नगरौँ ।

४. खोला, पोखरी आदिमा नबस्ने ।

५. अग्लो एवम् खुला डाँडा, टावर, छत, रुख आदिमा नबस्ने ।

६. यदि तपाईं घरबाहिर हुनुहुन्छ भने होचो स्थानमा बस्नु उपयुक्त हुन्छ ।

७. मोटरसाइकल, साइकल आदि चलाइरहेको अवस्थामा पनि चट्याङ पर्ने सम्भावना हुन्छ ।

८. धातुको पाइप, पर्खाल, रूख आदिको छहारीमा नबस्ने ।

चट्याङले घाइते भएमा के गर्ने ?

यदि चट्याङले घाइते भएको अवस्थामा उसलाई तुरुन्तै प्राथमिक उपचार गर्नुपर्छ । श्वासप्रश्वास वा धड्कन रोकिएको छ भने मुखमा मुख राखेर श्वास दिनुपर्छ ।

चट्याङले पोलेको, नसाहरूमा क्षति पुगेको छ, हात टुटेफुटेको छ भने प्राथमिक उपचारपछि तुरुन्तै स्वस्थ्य चौकी पु¥याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer