२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

हिमालयन स्कुलमा ‘मदर्स डान्स कम्पिटिसन’, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार


मेचीनगर, जेठ ३ । मेचीनगरको उदीयमान सामुदायिक विद्यालय हिमालयन इङिलस हाई स्कुलले शैक्षिकसत्र २०७९ को परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

विद्यालयमा आयोजित एक भव्य कार्यक्रमका बीच कक्षागत र विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको विद्यालयका निर्देशक धनराज मगरले जानकारी दिए ।

उनका अनुसार कक्षागत रूपमा प्रथम, द्वितीय तथा तृतीय हुने र विभिन्न विधाहरुमा अब्बल भएका विद्यार्थीलाई मदर्स डान्स कम्पिटिसन कार्यक्रमका बीच पुरस्कृत गरिएको हो ।

यसैबीच, विद्यालयमा आयोजित ‘मदर्स डान्स कम्पिटिसन’ मा अञ्जु कार्की प्रथम भइन् । त्यस्तै, सुस्मिता महरा दोस्रो र कोपिला मगर तेस्रो भएको विद्यालयका प्रिन्सिपल कमल नेपालले जानकारी दिए ।

विद्यालयकी प्रमुख प्रशासक रिना थापाका अनुसार शैक्षिकसत्र २०७९ को वर्ष उत्कृष्ट विद्यार्थीको रुपमा कक्षा १० का सुजन कटवाल घोषित भएका छन् ।

त्यस्तै, कक्षा ८ की छात्रा प्रेक्षा खनाल विद्यालय प्रथम भएकी छन् । उत्कृष्ट विद्यार्थीलाई आकर्षक पुरस्कार प्रदान गरिएको प्रिन्सिपल नेपालले बताए ।

बालकृष्ण थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृष्णप्रसाद कटवाल, सरस्वती सिटौला, सुष्मा कार्की जैन, लक्ष्मी कटवाल, इन्दिरा डाँगी, विष्णु प्रसाईं लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer