२०८१ जेठ ८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा विकास पत्रकारिता कार्यशाला सम्पन्न


बिर्तामोड, जेठ १२ । झापाको बिर्तामोडमा विकास पत्रकारितासम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ ।

झापाली महिला सञ्चारकर्मीहरुको साझा संगठन नारी सञ्चार गृहले कार्यशाला आयोजना गरेको हो ।

गृहले आयोजना गरेको कार्यशालामा अग्रज पत्रकार, विकास अन्वेषक तथा लोकपरिकारका प्रबर्द्धक केदार शर्माले सहजीकरण गरेका थिए ।

कार्यशालामा झापाका ३६ जना महिला तथा पुरुष सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित कार्यशाला आदर्श स्कल अफ होटल मेनेजमेन्टमा सम्पन्न भएको हो ।

गृहकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला, बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले कार्यशाला सफलताको शुभकामना व्यक्त गरेका थिए ।

गृहकी सहसचिव ज्योत्सना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमक सहभागीलाई उपाध्यक्ष लीला अनमोलले स्वागत गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer