२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

गर्मीका कारण बिर्तामोडका विद्यालयमा पनि विदा


बिर्तामोड, जेठ १८ । तापक्रममा सुधार नआएपछि झापाको बिर्तामोडका विद्यालयमा पनि विदा दिइएको छ ।

नगर प्रमुखस्तरीय निर्णयपछि आज निकालिएको सूचनाका अनुसार जेठ १९ गतेदेखि २१ गते आइतबारसम्म बिर्तामोड नगर क्षेत्रका विद्यालयहरुलाई विदा दिन आग्रह गरिएको छ ।

आगामी बर्खे विदाबाट कट्टा हुनेगरी विदा दिन नगरभित्रका सबै शैक्षिक संस्थाहरुलाई भनिएको छ ।

हप्ता दिनयता लगातार गर्मी बढेपछि झापाको मेचीनगर, कचनकवल र दमकले विद्यालय विदा गर्न सूचना गरेका छन् ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले विदा दिन पालिकाले सूचना गर्न थालेका छन् ।

एक सातायता झापाको तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेको छ । सूर्योदयसँगै बिहानकै तापक्रम २९ डिग्री सेल्सियस हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer