२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

न्वारानमा भोज खाएका मागुरमाडीका २७ जना अस्पताल भर्ना


मेचीनगर, जेठ ३१ । दुई दिनअघि न्वारानको भोज खाएका मेचीनगरका स्थानीयहरु बिरामी भएपछि अस्पतालमा उपचार भइरहेको छ ।

मेचीनगर-९ माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको मेचीनगर-९ का वडाध्यक्ष कञ्चनकुमार तामाङले जानकारी दिए ।

बिरामीहरुको स्थानीय मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ । भोजमा रहेको परिकारमा अखाद्य पदार्थ मिसावट हुँदा फुड पोइजनका कारण स्थानीयहरु बिरामी भएको अस्पतालले जनाएको छ ।

स्थानीयहरुमा बान्ता हुने, ज्वरो आउने तथा पखाला चल्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । तामाङका अनुसार २७ जनाको उपचार भइरहेको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले भोलिसम्म डिस्चार्ज हुने अस्पताल प्रशासनले जनाएको छ ।

बिरामीहरुको उपचारका लागि नगरपालिकाको स्वास्थ्य शाखाले समन्वय गरिरहेको नगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन् । शाखाले निःशुल्क औषधिको व्यवस्था गरेको छ ।

गर्मी मौसमका कारण खानेकुराहरु लामो समय बाहिर राख्न र पकाउने बितिक्कै सेवन गर्न चिकित्सकले सुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer