२०८१ जेठ ८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

भोज खाएर अस्पताल भर्ना भएका मागुरमाडीका स्थानीय घर फर्किए


मेचीनगर, असार १ । न्वारानमा भोज खाएर बिरामी भएपछि अस्पताल भर्ना भएका झापा मागुरमाडीका स्थानीयहरु उपचारपछि घर फर्किएका छन् ।

अस्पतालमा सामान्य उपचार गरेर उनीहरु ३६ घण्टापछि हिजो साँझ घर फर्किएको मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार तामाङले जानकारी दिए ।

मेचीनगर–९ माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

भोज खाएकामध्ये २७ जना बिरामी भएका थिए । उनीहरुको स्थानीय मेची आम्दा अस्पतालमा उपचार भएको थियो । भर्ना भएकामध्ये जंगबहादुर श्रेष्ठ भने ४८ घण्टापछि डिस्चार्ज भएको वडा अध्यक्ष तामाङले बताए ।

भोजमा रहेको परिकारमा अखाद्य पदार्थ मिसावट हुँदा फुड पोइजनका कारण स्थानीयहरु बिरामी भएको अस्पतालले जनाएको छ ।

उनीहरुमा बान्ता हुने, ज्वरो आउने तथा पखाला चल्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । तामाङका अनुसार २७ जना नै पूर्णरुपमा स्वस्थ भएर घर फर्किएका हुन् ।

बिरामीहरुको उपचारका लागि नगरपालिकाको स्वास्थ्य शाखाले समेत समन्वय गरेर निःशुल्क औषधिको व्यवस्था गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer