२०८१ बैशाख ३० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिहान सबेरै उठ्दा हुने फाइदा


बिर्तामोड, असार २० । सोसल मिडिया, टेलिभिजन लगायतले अहिले धेरैको निद्रा बिथोलेको छ । राति ओछ्यानमा पुगेपछि कोही फेसबुक चलाउन थाल्छन् त कोही युट्युब र टिकटकमा भिडियो हेर्न थाल्छन् । रातभर यस्तै काममा तल्लीन भएपछि बिहान चाँडै उठ्न सम्भव भएन । त्यही कारण बिहान अबेरसम्म सुत्ने गर्छन् ।

बिहान अबेरसम्म सुत्ने मानिसहरुमा मानसिक रोग, मोटोपना, आलस्यता, मुटुरोग जस्ता विभिन्न समस्या निम्तन सक्छन् । दिनभरको थकानले शरीरको नराम्रो हालत हुन थाल्छ । समयमै सुत्ने र समयमै उठ्ने गर्नाले यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एक वैज्ञानिक अध्ययनको अनुसार जो मानिस बिहान छिट्टै उठ्छन् उनीहरुमा डिप्रेसनको सम्भावना पनि धेरै नै कम हुन्छ । बिहान छिट्टै उठ्नाले थुप्रै स्वास्थ्य लाभ हुन सक्छ । छिट्टै उठ्न थालेको केही दिनमै यसको असर देख्न सकिन्छ ।

जो मानिस ढिलोसम्म सुत्छन् वा राति धेरै बेरसम्म सुत्दैनन् उनीहरुमा डिप्रेसनको समस्या दुईगुणा बढी हुने तथ्य पनि अगाडि आएको छ ।

राति अबेरसम्म नसुत्ने मानिसमा धुमपान गर्ने वा अनियमित निन्द्राको परम्परा विकसित हुन थाल्छ । निन्द्राको कमि, एक्सरसाइजको अभाव, सधैँ घरभित्र रहने र धेरै समय अँध्यारोमा बिताउनाले डिप्रेसनसहित अन्य विभिन्न रोगहरुको जोखिम बढाउँछ ।

विहान चाँडै नै उठ्नुहुन्छ र घरबाट निस्केर थोरै समय हिँडडुल गर्नुहुन्छ वा एक्सरसाइज गर्नुहुन्छ भने यसबाट कैयौँ लाभ पाउन सक्नुहुन्छ ।

१. बिहान सबेरै उठेमा ताजा र शुद्ध हावा मिल्छ जसले तपाईंको फोक्सो स्वस्थ हुन्छ । शुद्ध अक्सिजन शरीरलाई स्वस्थ राख्नको लागि जरुरी छ ।

२. जो मानिस बिहान छिटै उठेर एक्सरसाइज गर्छन् उनीहरुमा मुटुरोगको सम्भावना धेरै कम हुन्छ । शरीरमा रक्तसञ्चार पनि सही रहन्छ । ब्लड प्रेसरको समस्या निम्तिँदैन ।

३. बिहान छिट्टै उठ्नाले डिप्रेसनको समस्या हुँदैन । योगा र प्राणायाम गर्नाले मानसिक रोगहरु टाढा हुन्छन् ।

४. बिहान उठ्नु केवल स्वास्थ्यको लागि राम्रो हुँदैन बरु यसले सामाजिक भावना पनि जोडिराख्छ । बिहानै उठेर हिँडडुल गर्नाले नयाँ नयाँ मानिसहरुसँग भेट हुन्छ र नयाँ विचारहरुको आदानप्रदान हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer